टप फिचर

बाग्लुङको शारदा माध्यमिक विद्यालय तीन दिनको लागि बन्द

By Thaha - Online

August 28, 2022

बाग्लुङ। बाग्लुङको बरेङ गाउँपालिका–३ स्थित बाटाकाचौरको शारदा माध्यमिक विद्यालय तीन दिनको लागि बन्द गरिएको छ। विद्यार्थी बेहोस हुन थालेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको हो।

विद्यार्थीहरु चिच्याउने, टाउको दुख्ने, एकोहोरो भएर टोलाउने, बर्बराउने जस्ता कार्य गरी बेहोस हुन थाले पछि विद्यालय बन्द गर्नु परेको प्रधानाध्यापक देवीदत्त पौडेलले बताए।