बजार अनुगमनमा तीव्रता किरा परेको सामाग्री फेला



 

बझाङ जिल्ला प्रशासन कार्यालय बझाङले बजार अनुगमनमा तीव्रता दिएको छ । जिल्लाको जय पृथ्वी नगरपालिकामा रहेको सदरमुकाम चैनपुर बजारमा अनुगमन गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनके नेतृत्वमा गरिएको बजार अनुगमन चैनपुरको मल्लो बजारमा गरिएको तियो । बझाङमा अनुगमनमा तीव्रता दिए पनि केही पसलहरूमा खाद्यान्न देखि अन्य दैनिक उपभोग्य सामाग्रीहरू म्याद गएको र खाद्यान्नमा किरा परेको पाइएको घरेलु कर्मचारी दशरथ जप्रेलले बताए । आज गरिएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय घरेलु कार्यालय र नगरपालिका प्रहरी प्रशासन सहितको टोली रहेको तियो । अनुगमनमा म्यान गएका स्वयविन,बिस्कुट ,चाउचाउ किरा परेका दालहरु गरि करिव लाखौंको सामाग्री बरामद गरिएको हो । दसैँ निजिदै गए सँगै प्रशाप्रशासले अनुगमनमा तीव्रता दिएको छ । ३ पटक सचेत गराएको भन्दै आगामी अनुगमनको क्रममा यस्तो भेटिए जरिवाना सहित कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी प्रमोद चनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्