गर्भवती महिलाको मृ’त्यु भएपछि पोर्चुगलका स्वास्थ्यमन्त्री दिइन् राजीनामा



लिस्बन : आपत्कालीन प्रसूति सेवाहरू अस्थायी रूपमा बन्द गर्ने र एक भारतीय गर्भवती महिलालाई जबरजस्ती अस्पताल सार्ने निर्णयको व्यापक आलोचना भएपछि पोर्चुगलका स्वास्थ्य मन्त्री मार्टा टेमिडोले मङ्गलवार राजीनामा दिएकी छन्।
पोर्चुगलको राष्ट्रिय सार्वजनिक प्रसारक आरटीपी न्युजले जनाएअनुसार टेमिडोले एक वाक्यमा उनीसँग पदमा रहिरहन कुनै शर्त बाँकी नरहेको भन्दै राजीनामा दिएकी छन्। लिस्बनमा एक गर्भवती महिलाको मृत्यु भएको खबर आएको पाँच घण्टापछि उनको राजीनामाको घोषणा गरिएको हो।
राष्ट्रपतिको आधिकारिक वेबसाइटमा प्रकाशित एक नोटमा राष्ट्रपतिले स्वास्थ्य मन्त्रीको राजीनामा स्वीकृत गरेको उल्लेख गरिएको छ।
एक गर्भवती भारतीय महिलाको डे सान्ता मारिया अस्पतालको नवजात शिशु वार्डमा बेड खाली नभएका कारण अर्को साओ फ्रान्सिस्को जेभियर अस्पतालमा सारिएको थियो।
अस्पताल सार्ने क्रममा हृदयाघात भई उनको शनिवार मृत्यु भएको थियो। यही कारण जनाउँदै स्वास्थ्य मन्त्रीले राजीनामा दिएकी हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्