सृजना सामुदायिक पुस्तकालय द्वारा निजी तथा सामुदायिक विद्यालय बीच बृहत् हाजिरी जवाफ



सिराहा लहान १७ भदौ – सिराहाको लहान नगरपालिका वडा नम्बर ११ स्थित २०३२ सालमा जनस्तर बाट स्थापना भएको सृजना सामुदायिक पुस्तकालयले १५ पुस्तकालयको उपलक्ष्यमा लहान नगरपालिकाका दर्जनौँ सामुदायिक विद्यालय र निजी विद्यालयहरूको बृहत् हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको हो। पुस्तकालयको अध्यक्ष खडग नारायण चौधरीको अध्यक्षता कार्यक्रम सुरु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिमा लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरी रहनु भएको थियो। विशिष्ट अतिथिमा लहानका प्रमुख प्रशास्किय अधिकृत शत्रु धन प्रसाद चौधरी,नेकपा एमालेका वरिष्ठ नेता राजेन्द्र प्रसाद चौधरी, लहान १५ का अध्यक्ष तेज नारायण चौधरी,पशुपति उच्च माध्यमिक विद्यालय लहानका शिक्षक सोभित लाल चौधरी रहनु भएको थियो।

कार्यक्रममा संस्थाका पर्दाअधिकारीहरुमा अध्यक्ष खडग नारायण चौधरी उपाध्यक्ष सतैनी देवी चौधरी सचिव अरबिन्द्र कुमार चौधरी,सह सचिव धर्म राज चौधरी कोष अध्यक्ष दिपेन्द्र प्रसाद चौधरी सदस्यहरु बेद प्रसाद साह, राम नारायण चौधरी,मनोज कुमार चौधरी,कलुवा पासमान सुशान्त चौधरी, बिजय चौधरी लगायत ब्यक्तीहरु रहेका लक्ष्मी चौधरीले जनाए। लहान नगरपालिका भित्रका निजी तथा अधारभुत विद्यालय गरी जम्मा १६ वटा स्कुलहरुका विद्यार्थीहरुले हाजिरी जवाफ प्रतियोगितामा भाग लिएका थिए। १६ वटा विद्यालय मध्येबाट G.B shaw school ( George Bernard shaw the elite english Boarding school lahan 8 ले १३ अङ्क ल्याएर प्रथम भएका थिए भने सं कलप बा टीका स्कुल लहानले ९ अङ्क ल्याएर दोस्रो भएका थिए त्यसै गरी ८ अङ्क ल्याएर लहान मेरीचिल्ड्रेनले तेस्रो स्थान प्राप्त गरेका थिए।
राम्रो अङ्क ल्याएका ३ विद्यालयलाई सिल्ड प्रमाणपत्र र सैशिक सामग्री सहित सम्मान गरेका छन्। प्रमुख अतिथि मेयर चौधरीका अनुसार विद्यार्थीहरू हाम्रा देशका कर्ण धार हुन्। सृजना सामुदायिक पुस्तकालय पडरीया थारुटाेलले धेरै स्कुलका विद्यार्थीहरुसंग एक आपसमा जोड्ने काम जुन गरेको छ्।उक्त काम सराहनीय रहेको छ।पुस्तक अध्ययन नै बिद्यार्थीमा परिवर्तनको रुप ल्याउने गरिन्छ उनले बताए। यस्ता कार्यक्रमहरूमा लहान नगरपालिका सदैव साथ र सहयोग गरिने मेयर चौधरीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्