माफ गर्नुस बिना मगर दिदी सायद तिमिले कसैको बूढो खोसेर प्रचन्डको बुहारी नभएको भए र आज प्रचन्ड पुत्र प्रकाशले मृत्यवरण नगरेको भए, तिमीले जुनिभरी मन्त्री हुन पाउने थिएनौ । तिमी भन्दा सयौ गुणा क्षमता भएका जनयुद्द्का नारीहरु आज गुमनाम छन । तिम्रो मन्त्रीपद प्रचण्डले फलाएको बारिको मुलाको साग बन्दा, तिमी आज मालिक्नी बन्न पायौ । जनयुद्द्को कठिन सफर गर्नेहरू देशको मालिक बन्न असफल भए, तर तिम्रो मिथ्याको मस्तिवाला सगरमाथा आरोहणले मन्त्री बन्ने ढोका खुलायो । बधाइ छ ।।
म यति सारो रुखो बन्न नहुने हो । तर मलाई के लाग्छ भने, कुनै स्वार्थ प्राप्तिका लागि गलतहरुलाई ढाकछोप गर्दै जी, हजुर गर्नुपर्छ जस्तो लाग्दैन । मैले १० बर्षे जनयुद्दको स्कुलिङबाट सिकेको कोर्स पनि यही हो । गलतलाई निसन्देश ओकालत गर्ने कठोर बाणीका कारण, धेरैका लागि म अलि रुखो पनि देखिन्छु, सायद ‘म’ मा विद्रोही स्वाभाव अलि धेरै छ ।
अब आउनुहोस एकैछिन बाम सरकार बारे बिचार विमर्श गरौ‘।
यति बेला देशमा वामपन्थी सरकार आएको छ । यो देशका अधिकांस नागरिकहरुले प्रतिक्षा गरिरहेको स्थिर कम्युनिष्ट शासनको प्रतिक्षाको घडी अब सकिएको छ । देशमा आउने हरेक समस्याका पछाडी कम्युनिष्ट सरकारको आवस्यकता अड्किएको हुन्थ्यो । त्यो पनि लामो समयका लागि स्थिर सरकार कहिले बन्छ भन्ने छटपट्टीमा ।
मानौं कि बिकल्पमा कम्युनिष्ट सासन नै यो देशको जादुगरी हतियार हो । त्यसबाहेक अरु सबै भ्रम हो ।
यस्तै मनोविज्ञानलाई बुझेका नेपाली राजनीतिका चतुर प्रचण्ड दाहाल र केपी ओलीबाट बाम गठबन्धनको सुत्र आयातित भयो । यसको सैदान्तिक उदेश्य ५ बर्षे स्थायी सरकार चलाउनु भन्ने थियो ।
बर्ष दिन नपुग्दै सत्ता तुइने नेपालको अस्थिर राजनीतिमा कालो होस् या गोरो स्थिर सरकारको खोजि भयो र आज झन्डै दुइतिहाइको नजिक पुगेको बामपन्थी सरकार प्राप्त भयो ।
अब देश कम्युनिष्टहरुको काँधमा आई पुगेको छ । अब हामीले कल्पना गरे जस्तो कम्युनिष्टको सुशासन लागु हुनेछ । अर्थात युगौ देखि कम्युनिष्ट सासनको घिटघिटो अब सिथिल बन्ने छ र छिट्टै सुशासन सहित बिकाशको लाल क्षितिजमा नेपाल पनि भेटिने छ ।
तर यहि नेर स्मरणहोस् त्यसकोलागि कम्युनिज्म सासनका सुसारेहरु डाइनामिक हुन जरुरि छ । ति सुसारेहरू कछुवाको चालमा हिडेर अरु देश झैँ बिकासको लाल क्षितिजमा पुगिने छैन । इलेक्ट्रोनिक चालमा कुद्नु पर्ने छ । समयको पलपलमा हिसाव किताव गर्दै पाइलो चाल्नु पर्ने छ ।
यसका लागि कम्युनिष्ट सासनमा सवार ड्राइभरहरु व्यक्तिगत स्वार्थ भन्दा माथि उठेको । नातावाद कृपाबाद भन्दा टाढा रहेको । पदीय भागबन्डा वा आलोपालो पदरोहण मानसिकताबाट छुट्टी लिएको । भ्रस्ट मानसिकतालाई श्रदान्जली दिएको । दलाली च्याप्लुसी चिन्तनलाई तिलान्जली दिएको । पार्टीमा गरेको त्याग तपस्यालाई असुल गर्ने मानसिकता भुलेको । आफन्त सहिदको नाम भजाएर भत्ता असुल्ने चिन्तनलाई घृणा गर्ने निडर र निस्वार्थी कामरेड कम्युनिष्ट शासनको पहरेदार हुनुपर्ने छ ।
जनताको सत्ता संचालन गर्दा युद्द लड्दाको भन्दा ठुलो जिम्मेवारी बहन गर्नु पर्नेछ ।
कम्युनिष्ट सासन हाँक्न क्षमतावान र दुरदर्शी राता कामरेडहरु लाई जिम्मेवारी दिन पार्टी नेतृत्वको अर्जुनदृष्टि सहि र कठोर बन्न जरुरि छ ।
सामाजिक सहिष्णुता बोकेका नैतिकवान व्यक्तिहरु कम्युनिष्ट शासनको पहरेदार हुँदा आम जनमानसमा सकारात्मक संदेश प्रवाह हुनेछ, जसले कम्युनिष्ट सासन भित्रका नीति तथा कार्यक्रमहरु लागु गर्न सहज हुनेछ ।
यहाँ व्यक्तिगत आचरण र चिन्तनका कुरामा मात्र घोत्लिएर समय खेर फाल्नुको एउटा कारण छ ।
देशको संबिधान संसारकै उत्कृष्ट मानिन्छ । तर यो देशका सुसारेहरू कलंकित पहिचानको नाममा परिचित भैरहेको तीतोसत्य सत्य छ । सम्भवतः संसारमा जनताबाट सबैभन्दा धेरै तिरस्कृत हुने राजनेता र नेतृत्व पाइने देश नेपाल हो ।
त्यसैले अब राजनेता प्रतिको बितृष्णको परिचय बदल्न कम्युनिष्ट सरकारको पदमा सवार व्यक्तिले सब भन्दा पहिले आफुलाई बदल्न जरुरि छ ।तर दुखद कुरा‘कम्युनिष्टको शालीन बढी मन्त्रिमण्डल निर्माण हुँदैगर्दा कतिपय पुरानै खल पात्रहरुको कुकर्म दोहोरिदै छन् । जसले हिजो आफ्नो कार्यकालमा जनतालाई निराश बनाए । आफु नैतिक भ्रष्ट भएर पार्टीको सिद्दान्तलाई समेत धरापमा पारे । तिनैका कुकर्मले पार्टी आज सम्म बदनाम भैरहेको छ ।
आर्थिक मोहमा नैतिकता बेचेर जुन बर्गका लागि लडे तिनैलाई कुल्चिए । हिजोका चप्पले नेताहरु शिखरे नेतामा बदलिए तर जनता जहाँको त्यहि रहे । जनता र नेता बीच ठुलो खाडल रह्यो, जहाँ अन्तरविरोधको मापन गर्न गाह्रो बनेको छ । आज कम्युनिष्ट साशन आउदै गर्दा नागरिकहरुमा उस्तै अन्तरविरोध ज्युदै छ ।
बिगतका सासन कालमा नागरिकहरुका केहि आशा जगाउने नेताहरुलाई जिम्मेवारीबाट कटौती गरिदै छ । त्यस मध्यका एक जुझारु अनि कुशल नेतृत्व जनार्दन शर्मा हुन्, जस्लाई अँध्यारो मुनिबाट जनार्दन शर्मा भनेर देशभरिका नागरिकहरुले चिन्छन् । चिन्नुको एउटा कारण छ, यो देशमा अझै अँध्यारोमा बस्नेहरुलाई उज्यालो नेपाल अभियानमा जुटेर केहि परिणाम दिएकै कारण उनलाई धेरैले चिन्छन । जसले उज्यालो दिन्छु मात्र भनेन केहि उज्यालो दिएका पनि हुन् ।
यस्ता व्यक्तिमाथि कुनै जातीयता र क्षेत्रीयताको कोटा संग तुलना गरेर जिम्मेवारीबाट कटौती गर्नु देशका लागि धोका हो, आशावादी जनताको लागि भावनात्मक चोट हो ।
मतलब जनताले आशा जगाएका वा बिश्वास गरेका जनार्दन जस्ता पात्रलाई सत्तामा अबसर दिनु न्यायोचित हुन्थ्यो । जसरि लाल बाबु पण्डितलाई जिम्मेवारी दिएको छ । भलै उनलाई जिम्मेवारी दिने सवालमा अझै ध्यान पुगेको छैन । लालबाबु जस्ता व्यक्तिलाई देशको सुरक्षा ब्यबस्थापन गर्न वा देशको उर्जा क्षेत्रलाई सपार्न जिम्वेवारी दिन जरुरि छ । औपचारिकता निभाउने जिम्मेवारीले लालबाबुलाई नै घाटा छ । उनलाई देशको मुख्य जिम्मेवारी दिन जरुरि छ ।
यस्तै देशका नागरिकहरुको आशा जगाउन सक्ने उर्जाशील व्यक्ति हुन् शर्मा । उनि संग नयाँ भिजन छ । दूरदर्शीता छ । तर बामपन्थी सरकारको अस्त्र मन्त्रिमण्डल भित्र उनि अटाउन सकेनन । यसले वामपन्थी सरकार प्रति संका उब्जाएको छ ।
अवसर पाएको बेला जनतालाई निरासा पार्ने नेतालाई जिम्मेवारी दिनु बेकार नै छ । यसले दिने फल उस्तै अस्थिरता नै हुने निश्चित छ ।
यति बेला बिना मगरको प्रसंग ब्याप्त छ यसबारे पनि थोरै विमर्श गरौ‘।
कम्युनिष्ट नेताहरु नैतिकवान हुनुपर्छ तर नैतिकरुपमा कालो दाग लगाएकी बिना मगर, आज कम्युनिष्ट शासनमा जनताको मन्त्रि बनिन । यसले महिला अधिकारबादिहरुलाई थप पिडा पक्कै दिएको हुनुपर्छ । किन भने कसैको बुढा खोसेर महिलाको अधिकार नै हनन गरेकी बिना मगरको इतिहास ज्युँदै छ ।
देशमा महिला हिंसाको एउटा पाटो सौतेलो प्रथा पनि हो । त्यहि प्रथाले कत्ल्याम भएकी बिना मगर आज मन्त्री हुँदा संकोचित भावनाहरु सल्बलाउनु अन्यथा होइन ।
हो मानवमा गल्ति कमजोरी पक्कै हुन्छन र एउटा कमजोरीले उक्त मानिसको क्षमता माथि कालो धब्बा बनाएर जिन्दगीभरि सजाय भोगिरहनु पर्छ भन्ने बिचार पनि गलत हो । उनको कारबाही सम्बन्धित पार्टी कमिटि भित्र भयो होला तर जन अदालतीय द्वारा मुद्दाको छिनोफानो भएकी बिना मगर होइनन ।
यो देश अझै सत्ता संक्रमणकालीन अबस्थामा गुज्री रहेको छ । अन्तरविरोधहरु सतहमा तिब्र छताछुल्ल भएका छन् । यस्तै बेला बिना मगरलाई देशको मन्त्रीपदमा नियुक्ति हुँदा विवाद बन्नु स्वाभाविक छ ।
दोश्रो कुरा नेतृत्वमा देखिएको नातावाद कृपाबादको एक गतिलो उदाहरण पनि हो । यसले जनमानसमा ठुलो अन्तरबिरोध सिर्जना गरेको छ । प्रचण्डको बुहारी भएकै कारण मन्त्रि बनेको कुरा कतै छिपाएर छिप्दैन ।
बिना मगर सापेक्षित हिसावले हेर्ने हो भने आमनागरिकमा सकारात्मक पक्ष भन्दा नकारात्मक पक्षले बढी प्रभाव पारेको छ । त्यसकारण पनि प्रचण्ड ससुरा भएकोले उनि मन्त्रि बनेको भन्ने आरोपमा मलजल भएको छ । किन भने क्षमता र संघर्षको हिसाबले तुलना गर्ने हो भने माओबादी भित्र कैयौ अन्य प्रभावशाली महिलाहरु पनि छन् ।
प्रचण्डले पार्टीको पावर र शक्ति दुरुपयोग गर्दै चितवनमा छोरीलाई चुनाव जिताएको उदाहरणले चुनाव भन्ने चिज कस्तो कस्तो बनाएको छ । यहि बेला फेरी सौतेला बुहारीलाई खानेपानी मन्त्रि बनाउदा यसले नेतृत्वको चिन्तनमा प्रहार हुने निश्चित छ । उक्त कार्यले प्रचन्डलाई एकपछि आर्को नातावाद र कृपाबादको पराकाष्ठा देखाएको छ ।
तर पनि एकपटक आफुलाई कर्मनिष्ट नैतिकवान कम्युनिष्ट योद्दाको परिचय दिने र देशका लागी केहि गर्ने सौभाग्य ससुरा प्रचन्डले बुहारी बिनालाई प्रदान गरेका छन् ।
आशा छ यी सबै आरोपहरुलाई ध्वस्त पार्दै उनका बिरुद्द लेख्ने विचारहरु भुत्त्याउन सफल नारी हुनुहुनेछ यही शुभकामना छ ।
लेखकः केबी गुरुङ/ पोष्टपाटी सम्पादक

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।