विचार

अपाङ्ग भएको त्यत्तिहरूलाई सेवा सुविधामा कमि हुदैन :मेयर साह

By Saru Sunar

September 05, 2022

 

सिराहा लहानदलित विकास मञ्च सिरहाकाे आयोजना कल्याणपुर नगर पालिकाको सहकार्य र सी.वि.एम.ग्लोबलको साझेदारीमा सिराहा जिल्लाको कल्याणपुर नगरपालिकामा सञ्चालित सबैको लागि समावेशी उद्घाटन गर्दै मेयर राम पुकार शाहले नगरपालिका बाट पाउने सेवा सुविधा मा कुनै प्रकार को कमी आउन नदिने प्रतिबद्धता जाहेर गरेका छन्। कार्यक्रमको प्रमुख अतिथिको रूपमा रहेका मेयर राम पुकार साहले सबै नागरिकको हक अधिकार बराबर भएकोले सेवा सुविधा बाट वञ्चित नहुने समेत बताएका छन्।मेयर साहले अरू नागरिक सरह नै अपाङ्ग त्यत्तिहरू सरह नै सेवा सुविधा प्रदान गर्न नगरपालिका का कर्मचारीहरूलाई निर्देश समेत दिएका छन्। मेयर साहले अपाङ्ग समुदायको सक्षम तथा अात्मनिभर्र बनाउने योजना र बजेट समेत विनियोजन गर्ने समेत प्रतिबद्धता जाहेर गरेका छन्।कल्याणपुर नगर पालिकाको वडा नम्बर १देखि १२ वटा वडामा कार्यक्रम सञ्चालन गरिने दलित विकास मञ्च सिराका कार्यक्रम संयोजक जितेन्द्र रायले बताउनुभयो। कार्यक्रममा विशिष्ट अतिथिको रूपमा कल्याणपुर नगरपालिकाका उपमेयर रेखा यादवको समेत सहभागी रहेको थियो । कार्यक्रममा कल्याणपुर नगर पालिकाको प्रमुख प्रशासकीय अधिकृत को समेत सहभागिता रहेको थियो । कार्यक्रममा दलित विकास मञ्च सिहाका सचिवले स्वागत मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा सी.वि.एम.ग्लोबलका विमल पौडेलको समेत सहभागिता रहेको थियो ।कार्यक्रम सञ्चालन संस्थाका फिल्ड सुपरभाइजर रविन महराले गरेको थियो।कार्यक्रमको अध्यक्षता दलित विकास मञ्च सिरहाकाे अध्यक्ष रूणा कुमारी महराले गरेकी थिइन। कार्यक्रम सवै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कल्याणपुर नगरपालिका को शाखा प्रमुख र विभिन्न सञ्चार कर्मीहरूको सहभागिता रहेको थियो ।