भगवानले छुट्टाएको जात हो भनी जातीय विभेद गरि पुजा नगर्ने पण्डित १० हजार धरौटीमा छुटे



महेन्द्रनगर । ऋषि पञ्चमीका दिन महाकाली नदीमा दलित समुदायका व्रतालु महिलाहरूको पूजापाठ गर्न अस्वीकार गरेपछि जातीय भेदभाव तथा छुवाछुत अपराध मुद्दामा पक्राउ गरिएका पुजारी सहदेव भट्ट धरौटीमा छुटेका छन् । जिल्ला अदालतले सोमबार थुनछेक बहसमा पुजारी भट्टलाई १० हजार धरौटी छाड्न आदेश दिएको हो ।
भीमदत्त नगरपालिका ५ का सन्जु नेपाली लगायतले सार्वजनिक स्थानमा आफूहरूको पुजापुज नगरी जातीय रूपमा विभेद गरिएको भन्दै पुजारी भट्ट विरुद्ध गत हप्ता जाहेरी दिएकी दिएका थिए ।
त्यसका आधारमा पक्राउ गरिएका भट्टमाथि प्रहरीले अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएपछि आइतबार अदालतमा मुद्दा दायर भएको थियो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्र बहादुर शाहले पुजारी भट्टलाई १० हजार धरौटीमा छाड्न आदेश दिएपछि छाडिएको बताए । ‘अदालतको आदेशपछि पुजारीलाई छाडिएको छ’ उनले भने ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्