Banner Second

प्रहरी पोस्ट मेटेलाकाे उद्घाटन

By Saru Sunar

September 14, 2022

उत्तम कुमार थापा बझाङ जिल्लाको छवि पाथिभेरा गाउँपालिका वडा नम्बर १ को बगडगाउँमा अस्थायी प्रहरी पोस्ट बगडगाउकाे उद्घाटन भएको छ । आज एक कार्यक्रमका बिच छवि पाथिभेरा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष करनजङ्ग बहादुर सिँहकाे अध्यक्षताका सुरु भएको कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष वसन्त चलाउने विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल विरभद्रजङ्ग गुल्मका मेजर तेजेन्द्र मगर शस्त्र प्रहरी बल बझाङका डिएसपी नेत्र केसी डिएसपी जागेश्वर भण्डारी लगायत जनप्रतिनिधि र जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो । अस्थायी प्रहरी पोस्ट मटेलाकाे उद्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी जागेश्वर भण्डारीले स्वागत मन्तव्य राख्नु भएको थियो । स्थानीय वीरेन्द्र गिरी शान्ति गरी रगुप्रशाद गिरी लगायतका स्थानीयहरूले निःशुल्क जग्गा उपलब्ध गराएपछि पक्की भवन निर्माण गरिएको थियो ।

जग्गा उपलब्ध गराउने उहाहरुलाई टीका सहित दा सल्लाद्वारा सम्मान गरिएको हो । यसरी प्रहरीलाई सहयोग गरेको भन्दै प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले भन्नू भयो तपाईँको समुदायले गरेको सहयोगको उच्च मूल्याङ्कन गर्दै हार्दिक बधाई दिन चाहान्छाै । प्रहरी प्रशासन र जनसमुदाय बिच सधैँ सबै समयमा हातेमालो हुनुपर्छ उहाँको भनाइ थियो । पूर्व वडा अध्यक्ष रहेका नयन बोहराले पनि निकै सहयोग गरेको भन्दै सबै सहयाेेगीलाई धन्यवाद दिनु भयो । कार्यक्रममा बोल्दै छवि पाथिभेरा गाउँपालिका अध्यक्ष वसन्त चलाउनेले भन्नू भयो,यस प्रहरी चौकीलाई स्थापना गर्न हामीले धेरै घर्ष गरेका छाै साथै सफल पनि भएको छाै । नजिकै प्रहरी चाैकी भए पछि शान्ति सुरक्षामा राम्रो हुने भन्दै सबैलाई प्रहरी सँग हातेमालो गर्दै अगाडि जानुपर्नेमा जोड दिनु भयो । यसले थलारा गाउँपालिका र छवि पाथिभेरा गाउँपालिका बिच सहकार्य र सहज हुने दाबी गर्नु भयो ।