जनहितका लागि नेपाल-भारत सीमा खुलाउन पहल गरेको छु : सांसद शाह



कपिलवस्तु , । निर्वाचनका बेला देखिने नेताहरूलाई जनताले फेरि जवाफ दिने कपिलवस्तु क्षेत्र ३ का सांसद अभिषेक प्रताप शाहले ठोकुवा गर्नुभएको छ । पचीसाैं वर्षदेखि राज्य स्थानीय जनप्रतिनिधि विहीन रहे तापनि कपिलवस्तु क्षेत्र ३ मा न्यून बजेटमा पनि आफ्नो पहुँच र सहकार्यले विकासका विभिन्न योजनाहरू सम्पन्न गराएको सांसद अभिषेक प्रताप शाहले बत्ताउनुभयो । सांसद शाह भन्नुहुन्छ – माओवादी द्वन्द्वकलापछि ०६४ र ०७० को संविधान सभा निर्वाचनमा राज्य संविधान बनाउन केन्द्रित रहेकोले विकास निर्माणमा पर्याप्त बजेट खर्च गर्न सकिएको थिएन । २०७४ सालके प्रतिनिधि सभा निर्वाचन भएपछि केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको पूर्ण बहुमतको सरकार बन्यो । कम्युनिस्ट सरकारले आफ्नो कार्यकर्ता पाल्ने र देशलाई ऋणको भारी बोकाउने काम मात्र गर्याे । निरङ्कुश बन्दै गएको ओली सरकारले संविधानलाई च्यालेन्ज दिँदै दुई दुई पटक संसद् विघटन समेत गर्याे । जसको प्रत्यक्ष असर देशको आर्थिक अवस्थामा पर्याये र विकास निर्माणका अधिकांश योजना शिथिल बन्दै गए । सर्वोच्च अदालतले संसद् पुनर्गठन गरेपछि काँग्रेस नेतृत्वमा बनेको सरकारले डेढ वर्षमा छिमेकी राष्ट्र सङ्गको सम्बन्ध सुधार लगायत विदेशी लगानी पनि भित्र्याउन सफल भयो । काँग्रेस नेतृत्वको सरकारमा कपिलवस्तु क्षेत्र ३ मा लगभग सय करोडभन्दा बढीका योजना सञ्चालनमा छन् । निर्वाचित भएपछि आफ्नो क्षेत्र को विद्यालयमा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार , बाटो घाटा र पुलपुलेसाथे निर्माण , कोरोनाका बेला आवश्यक राहत लगायत यस क्षेत्रका नागरिकको जनजीवन उकास्न आवश्यक रहेको नेपाल-भारत बन्द सीमा समेत खुलाएको सांसद शाहले बत्ताउनुभयो । कोरोनाका बेला केपी ओलीको सरकारले विभिन्न बहाना बनाई सिमाना कडाइ गराएर नेपाली जनतालाई सास्ती गराएको कुरा कसैले बिर्से छैनन् । लकडाउनका बेला हाम्रै क्षेत्रका मौसमी नेताहरू घकारे दुलोमा बसेका थिए त कोही काठमाडौँमा आफ्नो व्यवसाय चम्काउँदै थिए तर शाह परिवार जहिले पनि जनताको सुखदुख मा साथ उभिएको सांसद साहको भनाई छ । सांसद शाह दुई पटक संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित हुनुभएका थिए भने हाल नेपाली काङ्ग्रेसबाट क्षेत्र ३ का प्रतिनिधि सभा सदस्य हुन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्