माओवादी केन्द्रबाट सिराहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ खड्ग नारायण चौधरीको नाउँ सिफारिस



महेश सिंह सिराहा लहान ३० भदौ – २०३२ साल देखि कम्युनिस्ट बिचार लिएर विद्यार्थी नेतृत्वबाट राजनीति यात्रा सुरु गरेका खड्ग नारायण चौधरीले मङ्सिर ४ गते हुन् लागेको प्रदेश सभा सदस्य सदस्यको निर्वाचनमा भाग लिन स्थानीय बाट नै जनसमुदायले उत्साहित भएका छन्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नेता खड्ग नारायण चौधरीलाई प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फ नाउँ सिफारिस गरेको कुरा बाहिर पछि स्थानीय मतदाहरुमा उत्साह र उमङ्ग छाडिएका छन्।नेता चौधरीले कम्युनिस्ट आन्दोलनमा निकै अग्रणी भूमिका खेलका थिए। सानै उमेर देखि कम्युनिस्ट बिचार बोकेका नेता चौधरीले राजनीति मै समर्पित रहेका उनले राजनीतिका बौद्धिक र विवेक सिल,प्रस्ट वक्ताको रूपमा चिनिएका नेता हुन्।सिराहा क्षेत्र नम्बर १ क को गठ बन्धनबाट नेता चौधरीको उम्मेदवारी निश्चित भएको उनले दाबी गरेका हुन्। लहानको पशुपति आदर्श उच्च माध्यमिक विद्यालयबाट २०३२ सालमा विद्यार्थी राजनीति सुरु गरेका थिए। २०४५ सालमा मधेसी थारु समुदायबाट तक कालिन नेपाल राष्ट्रिय विद्यार्थी फेडरेशनका केन्द्रीय अध्यक्ष बनेका थिए। लामो समय उनले कुशल अध्यक्षको नेतृत्व सम्हालेका थिए। उनले मधेसी र थारु समुदायबाट प्हिलो अध्यक्षको जिम्मेवारी पाएका थिए।नेपाली राजनीतिको प्रतिनिधित्व गर्न अन्तर्राष्ट्रिय सम्मेलनको नेतृत्व गर्न रुस,हडेरी,युगासेलाबियाँ, चेकोसेलाभिया गरेका थिए।पञ्चायती व्यवस्थाको बेला राजनीति पार्टीहरूलाई खुले आम कार्यक्रमहरू गर्न बन्देज लगाएका थिए।त्यति बेला नेता चौधरीले राजनीतिमा निकै सक्रिय भूमिका निर्वाह गरेका थिए। राजनीति कै अनुभव गर्न उनले चाइना, मलेसिया, दुवै लगायत दर्जनौँ विदेशी मुलुकको राजनीति भेष भूषा र कला सांस्कृतिक अनुभव गरेका नेता हुन्। नेता चौधरी हाल माओवादी केन्द्रका केन्द्रीय कमिटीका केन्द्रीय सल्लाहकार हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्