Banner Third

अखिल (छैटौँ) दाङको जिल्ला भेला असोज ८ गते

By Saru Sunar

September 15, 2022

रैदास, दाङ । विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) को जिल्ला भेला असोज ८ गते हुने भएको छ । भेला जिल्लाको लमहीमा हुने भएको छ । सङ्गठनको बिहीबार बसेको जिल्ला समितिको बैठकले यस्तो निर्णय गरेको हो । ‘सङ्गठन लाई व्यवस्थित र पुर गठन’ को लागि जिल्ला भेला असोज ८ गते भेला कार्यक्रम गर्ने निर्णय भएको छ । भेलाका लागि देनेश रैदासको संयोजकत्वमा रहेको ३ सदस्यीय मूल कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ। जसको सदस्यमा सुनिता आचार्य, तिर्सन केसी चयन हुनुभएको छ।