राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, नागरिकता विधेयकबारे छलफल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्। नागरिकता विधेयक पारित गर्ने समय सकिने अघिल्लो दिन प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्।

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणका लागि पठाइएको मंगलबार १५ दिन पुग्दैछ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा अहिले नागरिकता विधेयक, मंसिर ४ को निर्वाचन र अन्य विषयमा कुराकानी भइरहेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्