सामाजिक विकास कार्यालय चैनपुर बझाङको समीक्षा कार्यक्रम सम्पन्न भएको छ



सामाजिक विकास कार्यालयका समीक्षा कार्यक्रम सम्पन्न उत्तम कुमार थापा सामाजिक विकास कार्यालय चैनपुर बझाङको समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आज एक कार्यक्रमका बिच समन्वय समिति बझाङको सभा हलमा अघिल्लो बर्सको समीक्षा तथा आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यक्रम तथा बजेट सम्बन्धी सराेकारवालाहरुका लागि अभिमुखीकरण कार्यक्रम गरिएको थियो । सामाजिक विकास कार्यालयका आयाेजनामा सुरु भएको कार्यक्रममा जिल्ला समन्वय समिति सँयाेजक नरबहादुर बाेहराकाे अध्यक्षतामा सुरु भएको कार्यक्रमका प्रमुख अतिथि जय पृथ्वी नगरपालिका प्रमुख चेतराज वजाल रहनु भएको थियो । मेयर वजालले शब्द बाचनद्वारा व्यानर उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तव्य सहित कार्यक्रम बारे प्रस्तुति सामाजिक विकास कार्यालय प्रमुख बिरबहादुर धामीले गर्नु भएको हो । जिल्लामा रहेको सामाजिक विकास कार्यालयले विभिन्न स्थानीय तहमा विद्यालयका भवन पुस्तकालय,विभिन्न शिक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम रोजगारी दिन सीप विकास तालीम लगाएत गर्नु भएको सेटेलाईट मार्फत प्रस्तुतिकरण गर्नु भएको थियो । जसमा ४५२ वटा विद्यालयहरू रहेका छन् । विद्यालयको भौतिक सँग्रचना निर्माण गर्ने काम गर्दै आएको पाइन्छ । जिल्लामा पुर्वका दिन भन्दा कार्यालय प्रमुख वीर बहादुर धामी प्रमुख भएर आएपछि स्टमेट अनुसार काम हुन थालेको र शिक्षामा जोड दिन राम्रो उत्कृष्ट भवन निर्माण गर्ने काममा इन्जिनियर लगाएत कर्मचारी लागिपरेको बताए । अघिल्लो वर्ष ११ करोड ९२ मा ११ करोड ४० लाख खर्च भएको पाइन्छ । जसमा कार्यालयले भौतिक प्रगति ९७ % सम्पन्न भएको बताएको छ । कार्यालयले कुनै कुनै विद्यालयमा राम्रो काम नगरेको भन्दै,राम्रो काम गर्न आग्रह गर्दै नराम्रो पैसा पचाउन बनाईएकाे भवन भत्किएको र नयाँ राम्रो भवन बनाउन लगाएको इन्जिनियर यम रावतले बताए । कार्यालयमा बेरुजकाे अवस्था छैन । सामाजिक विकास कार्यालयले जिल्लामा धेरै राम्रो काम गरेको जनप्रतिनिधि र स्थानीयहरुकाे भनाइ रहेको छ । यस आर्थिक बर्षमा १८ करोड २१ लाख बजेट रहेकाे छ । जसमा कार्यक्रम सञ्चालन कर्मचारी गाेविन्द्र सार्कीले गर्नुभएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्