समाचार

पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा सन नेपालद्वारा लहानमा विद्यार्थीसंग बिमा संचेतना अन्तरक्रिया

By Saru Sunar

September 22, 2022

लहानमा विद्यार्थीसंग सन नेपाल लाईफ इन्स्योरेन्सद्वारा बिमा सचेतना बिमा सचेतना कार्यक्रम गरेर मनाए सन नेपाल लाईफ इन्स्योरेन्सले पाचौं वार्षिक उत्सव महेश सिंह सिरहा लहान ६ असोज – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड लहान शखाद्वारा पाचौं वार्षिक उत्सवको उपलक्ष्यमा लहान ३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा उच्च माध्यमिक बिधालयमा कक्षा ११ र १२ मा अध्यनरत रहेका विद्यार्थीहरुसंग एक दिने बिमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्। लहान शखाको प्रबन्धक उपेन्द्र नारायण महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ सिरहा शखाको जिल्ला कार्य समिति सदस्य महेश सिंहले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियोे।

प्रमुख अतिथि सिंहका अनुसार मानव जिवनमा बिमा महत्त्वपूर्ण रहेको चर्चा गर्दै हरेक नागरिकलाई बिमा संग जोडीनु र सरोकार राखनु महत्त्वपूर्ण रहेको बताए। बिमा कम्पनीहरुले नागरिक लाई बचत गर्ने बानी र आर्थिक सम्पन्नता गर्न र देशलाई आर्थिक समृद्धिमा अगाडि बढाई रहेको बताए।कार्यक्रममा सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो।प्रबन्धक महतोले दिएको परिक्षणबाट उपस्थित विद्यार्थीहरुले इन्स्योरेन्स प्रति लभाम्बित भएका लहान शकामा कार्यरत हेमशंकर महतोले जनाए।