बुङ्गलमा अन्तर्राष्ट्रिय शान्ति दिवश सम्पन्न



उत्तम कुमार थापा बझाङ बुङ्ग नगरपालिकामा युनाइटेड मिसन टु नेपाल र बझाङ कलष्टर काे आर्थिक सहयाेगमा अन्तर्राष्ट्रिय शान्ति दिवस सम्पन्न भएको छ । आज बुङ्ग नगरपालिका वडा न: ४ काे सहकार्य र दलित सहयाेग समाज द्वारा सञ्चालित वातावरणीय दिगोपनाका लागि जलवायु प्रभाव न्यूनीकरण तथा अनुकूलन परियोजनाको आयोजनामा बुङ्ग नगरपालिका वडा न: ४ बिजगडा बजारमा सम्पन्न भएको कर्मचारी लोकेन्द्र रोकायाले बताए ।

शान्ति दिवसको अवसरमा जातीय विभेद अन्त्य गराै , शान्ति स्थापना गराै भन्ने मुल नाराका साथ र्यालि गरि काेण सभाका साथ सम्पन्न गरिएकाे थियाे ।

कार्यक्रमकाे अध्यक्ष्यता बुङ्ग नगरपालिका कार्यपालिका सदस्य जय बहादुर ताम्राकारले गर्नु भएको थियाे भने अतिथिमा बुङ्ग नगरपालिका वडा न: ४ का वडा सदस्य जनक कुबर , पार्वती कार्की र कल्पना कामी रहनु भएको थियाे ।

कृषक समूह सदस्यहरु , स्थानीय समुदाय र सुरक्षाकर्मीकाे उपस्थिति रहेकाे कार्यक्रममा परियोजना सयाेजक मीन बहादुर परियारले स्वागत मन्तव्य राख्दै समुदायमा शान्ति कसरी स्थापना गर्न सकिन्छ भन्ने बारे छलफल गर्नु भएको थियाे भनी सोही परियाेजनाका कृषि प्राविधिक लोकेन्द्र बहादुर रोकायाले जानकारी गराउनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्