दाङको अखिल (छैंठौ)को सङ्गठन विस्तार



दिनेश रैदास, दाङ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) ले दाङ जिल्लाको राप्ती गापा वार्ड नं २ को लालमटियामा सङ्गठन विस्तार गरेको छ । सो वडामा रहेका श्री आदर्श नमुना माविमा कुशल उपाध्यायको अध्यक्षतामा ४१ सदस्यीय र एरावती आदर्श बहुमुखी क्याम्पसमा सरिता पुनको अध्यक्षतामा इकाई समिति चयन गरेको हो ।

२ वटै कार्यक्रम लाई सम्बोधन गर्दै अखिल छैटौँ का केन्द्रीय अध्यक्ष देवेन्द्र कुँवरले बिद्यार्थीहरुको हक अधिकार प्राप्ति को निम्ति , शैक्षिक विकृतिको विरुद्ध , राष्ट्र घाती कदम का विरुद्ध विद्यार्थी र जनताका बिचमै रहेर सङ्घर्ष र आन्दोलन गर्ने सङ्गठन अखिल छैटौँ मात्रै रहेको उहाँ बताउनु भएको थियो ।

जिल्ला सचिव दिनेश रैदासले सम्पूर्ण बिद्यार्थीहरु अखिल छैटौँमा आबद्ध भएर विद्यार्थी आन्दोलनलाई सहयोग गर्न समेत अपिल गर्नु भएको थियो । कार्यक्रमको सहजीकरण अखिल (छैटौँ)का जिल्ला उपाध्यक्ष सरिता पुन र स्वागत मन्तव्य सहसचिव गौतम चौधरी गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्