sf7df8f}F, !^ kmfu'gM cWoIf bfxfng]skf -dfcf]jfbL s]G›_sf cWoIf k'iksdn bfxfn …k|r08Ú ;f]daf/ cfˆg} lgjf; v'dn6f/df cfof]lht kqsf/ ;Dd]ngdf cfOtaf/ ;+;baf6 cg'df]bg ul/Psf] Pdl;;Laf/] hfgsf/L lbFb} . tl:a/ M /Tg >]i7÷/f;;

Banner First

प्रतिगमनकारीले झुटको खेती गरिरहेका छन्, जनतालाई सजग गराऔं : प्रचण्ड

By Thaha - Online

September 26, 2022

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले चाहेको भए पाँच वर्ष नै प्रधानमन्त्री बन्न सक्ने अवस्था रहेको बताएका छन्। उनले २०७४ सालमा आफूलाई पाँच वर्ष प्रधानमन्त्री बन्न अफर आउँदासमेत आफूले लोकतन्त्र र संविधानको रक्षालाई पहिलो प्राथमिकता दिएको बताएका छन्।

उनले लोकतन्त्र र राष्ट्रको रक्षाको लागि आफू लागिरहेको बताए। चितवनमा आज आयोजित एक कार्यक्रममा प्रचण्डले आफूले चाहेको भए पाँच वर्ष प्रधानमन्त्री बन्न सक्ने भन्दै केही वर्षदेखि आफू त्यसको रेसमा नभएको प्रष्ट पारेका छन्। उनले भने, ‘लोकतन्त्र, संविधान र अहिलेको व्यवस्था नै धरापमा पर्ने होकी भने चिन्ता भइरहेको अवस्थामा हिजो जसरी युद्धलाई शान्तिमा,शान्तिलाई संविधानमा, संविधानलाई संघीय लोकतान्त्रिक संविधानमा र राजनीतिक स्थायित्वलाई आर्थिक क्रान्तिमा रूपान्तरण गर्ने जमर्को हामी सबै मिलेर नै गरेको हो।’

जनयुद्धमा प्रेसले शान्तिमा ल्याउन ठूलो भूमिका खेलेको र अहिले पनि प्रतिक्रान्तिले टाउको उठाउने खतरा उस्तै रहेको उल्लेख गर्दै प्रचण्डले अहिले पनि केही तत्त्वहरू यो संविधानलाई कसरी समाप्त पार्ने होला भनेर लागिरहेको बताए। अहिले सामाजिक सञ्जालले लोकतन्त्रको पक्षमा गणतन्त्रको पक्षमा लड्नेहरूलाई बदनाम गराउन निक्कै महत्त्वपूर्ण भूमिका खेलिरहेको भन्दै प्रचण्डले जनमत निर्माण गर्ने कुरा मुख्य भएको बताए।

उनले प्रतिगमनकारीहरूले पनि झुटको खेती गरेर जनमत निर्माण गर्ने गरेको भन्दै जनतालाई भ्रमित पार्ने गरेकाले त्यसबाट सजग हुनुपर्ने बताए। ‘परिवर्तनकारी लोकतन्त्रवादीहरूले पनि प्रचार गर्ने गर्दछन्, तर त्यो परिवर्तन र लोकतन्त्रको रक्षा गर्न गर्ने गर्दछन्,’ उनले भने, ‘यो निरन्तर चलिरहन्छ र यसको अन्त्य असम्भव जस्तै छ।’

प्रचण्डले देशमा व्यवस्था बदलिए पनि अवस्था जहाँको त्यही भएको भन्दै अब जनताको अवस्था बदल्न आवश्यक रहेको बताए। संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि आफू जस्तोसुकै खतरा मोल्न तयार रहेको भन्दै प्रचण्डले देश पुन मुठभेड र अराजकतातिर जानबाट रोक्नुपर्ने बताए। चुनावी कार्यक्रममा सहभागी हुन शनिबार चितवन गएका प्रचण्डले आइतबार भरतपुरमा पार्टी प्रवेश तथा समायोजन कार्यक्रमलाई सम्बोधनसमेत गरेका थिए।