Banner First

बला’त्कारको झुटो जाहेरी दिएको आरोपमा महिला प’क्राउ

By Saru Sunar

October 01, 2022

१५ असोज, काठमाडौँ । ब’लात्कारको झुटो जाहेरी दिएको आरोपमा भक्तपुरमा प्रहरीले एक महिलालाई प’क्राउ गरेको छ ।नवलपरासीको बर्दघाट चिसापानी घर भई काठमाडौँको जडीबुटी डेरा गरी बस्ने ३४ वर्षकी महिला झुटो जाहेरी दिएको आरोपमा प’क्राउ परेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी राजु पाण्डेले जानकारी दिए ।ती महिलाले आफूलाई भक्तपुरको लोकन्थलीमा ल्याई अचेत बनाई एक पुरुषले जबरजस्ती करणी गरेको भनी प्रहरी वृत्त थिमीमा जाहेरी दिएकी थिइन् ।तर उक्त निवेदन उपर अनुसन्धान गर्दा उक्त प्रकृतिको कुनै पनि घटना नभएको र उक्त पुरुष व्यक्तिलाई फसाउने नियतले कपोलकल्पित घटना बनाई जाहेरी दरखास्त दिएको फेला परेको डिएसपी पाण्डेले बताए । घटनाको बारेमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

साभार – अनलाइन खबर