युवती कुटेको अभियोगमा थुनामा परेका भोलेबाबाले जेलमा अरुले पकाएको खाएनन



बोक्सीको आरोपमा युवती कुटेको अभियोगमा थुनामा परेका मुख्य अभियुक्त भोले बाबा भनिने राम बहादुर चौधरीले जिल्ला प्रहरी कार्यालयमा अरुले पकाएको खाना खान मानेका छैनन् ।

उनले अरुले पकाएको नखाने भन्दै हालसम्म खानाका रुपमा फलफुल मात्रै खाएको प्रहरीले जनाएको छ। अरुले पकाएको खान नमानेपछि चौधरीका लागि उनले आफै खाना पकाउने व्यवस्था गरेको प्रहरी उपरिक्षक बिनोद घिमिरेले जानकारी दिए।

बिहिवारदेखी चौधरीले आफै खाना पकाउन थालेको घिमिरेले बताए। प्रहरीले चौधरीका लागि अलग्गै स्टोभ, भाँडाकुडा चामल, दाल र तरकारीको व्यवस्था गरेको छ।

पक्राउ परेदेखी फलफुल मात्रै खाएका चौधरीले बिहिवारदेखी आफै खाना पकाएर खान थालेका प्रहरीले जनाएको छ। गत बिहिवार फगुन २४ गते घोडाघोडी नगरपालिकाको देउकलियामा बोक्सी भन्दै युवतीमाथी कुटपिट गर्ने ६ जनालाई पनि प्रहरीले सार्वजनिक गरेको थियो।

प्रहरीले, पक्राउ परेका भोले बाबा भनिने २३ बर्षिय राम बहादुर चौधरी, सोही ठाउकी १८ बर्षकी किस्मती चौधरी, वडा नम्बर ३ की स्मारीका चौधरी, वडा नम्बर ५ का २४ बर्षिय बेद प्रसाद चौधरी, चनकला चौधरी, र सिताराना चौधरीलाई सार्वजनिक गरेको हो ।

भोले बाबा लगायत पक्राउ परेका सबैले आफुहरुले गल्ती गरेको स्वीकार गरेको प्रहरी उपरिक्षक घिमिरेले बताए। पक्राउ परेका रामबहादुर लगायतले अबदेखी गल्ती नगर्ने तर आफ्नो पुजापाठ भने जारी राख्ने बताएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्