फिचर

सुदूरपश्चिममै उत्कृष्ट टिकापुरको जनकल्याण सम्पत्ति मात्रै ७ करोड,७६ लाख भन्दा बढी

By Saru Sunar

October 01, 2022

सुदूर पश्चिमको कैलाली टीकापुरमा अवस्थित जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आव २०७८/०७९ को सम्पत्ति मात्रै ६ करोड,७६ लाख ९७ हजार ८ सय ६८ आर्थिक सम्पत्ति रहेको छ । टीकापुरमा अवस्थित सहकारी संस्थाको शनिवार भएको ११ ओ वार्षिक साधारण सभा तथा चौथो चुनावी अधिवेशनमा सहकारीका कोशाध्यक्ष लालकेश जैसीले सहकारीको आर्थिक विवरण सुनाउँदै सहकारीमा गत आवको सम्पत्ति मात्रै ६ करोड,७६ लाख ९७ हजार ८ सय ६८ रहेको जानकारी गराएका थिए । प्रमुख अतिथि रहेका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रण बहादुर रावलले धारणा राख्दै संस्था लाई चलाउनका लागी संस्था मात्रै राम्रो नभई व्यक्ति पनि राम्रो हुनुपर्ने भन्दै जनकल्याण सहकारीले सुदूरपश्चिममै उत्कृष्ट हुने कार्य गरेकाले यो गर्वको कुरा भएको बताए । सहकारीका अध्यक्ष बद्रीप्रसाद भट्टराईले कार्यक्रमको अध्यक्ष गर्दै प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले सहकारीले विभिन्न उतारचढावका बावजुत आर्थिक सँगै सामाजिक उत्तरदायित्व बहन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगमा आफूलाई चिनाउन सफल भएको बताए । सहकारीका प्रबन्धक छविलाल जैशीले सञ्चालन गरेको कार्यक्रममा लेखा समिति संयोजक उमाकान्त भण्डारीले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।भने सहकारीका उपाध्यक्ष नृपराज भण्डारीले स्वागत गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि नवजीवन सहकारीका अध्यक्ष देव बहादुर बम, इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख सर्वतानन्द चपाई,राष्ट्रिय सहकारी धनगढीका अध्यक्ष कृष्ण रावल,जनकल्याण सहकारीका संस्थापक अध्यक्ष गणेश साउँद,एसियन लाइफ सुदूरपश्चिमका अध्यक्ष लोकराज जोशी, पत्रकार ऐकिन्द्र तिमिल्सिना,एकता सहकारीका अध्यक्ष झपट बुढा,महिला जागरण सहकारीका अध्यक्ष शाेभा शर्मा ज्ञवाली,शेयर सदस्य यज्ञमान सेठ्ठी लगायतले धारणा राखेका थिए । निर्वाचन अधिकृत ऐकिन्द्र तिमिल्सिनाका अनुसार नयाँ सञ्चालक समितिहरूको छनौट सर्व सहमत हुने वा मतदान प्रक्रिया बाट हुने निश्चित नभएको बताए । कार्यक्रममा सहकारीलाई स्थापना काल देखी सहयोग गर्ने संस्थापक अध्यक्ष, उत्कृष्ट बचतकर्ता,उत्कृष्ट ऋणी लगायतलाई सम्मान गरेको तियो ।