शिक्षा

चार्ड पर्वलाई लक्षित गरी लहान नगरपालिका द्वारा बजार अनुगमन

By Saru Sunar

October 01, 2022

 

महेश सिंह सिराहा  – लहान नगरपालिकाले चार्ड पर्व लाई लक्षित गरी बजार अनुगमनमा निरन्तरता दिएका छन्। लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतोको नेतृत्वमा लहानको बक्री बजार बजार बाट सुरु भएको अनुगमन मासु पसल मनिहरा पसल किराना लगायतका पसलहरूमा अनुगमन गरेको हो। लहानका उप प्रमुख राम चलितर महतो घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि जिल्ला उद्योग वाणिज्य सङ्घ का अध्यक्ष विकास सारडा नेपाल प्रहरी र नगर प्रहरी नेपाल पत्रकार महासङ्घ सिराहा शाखाको सभापति मनोज बनैता, मणि विश्वकर्मा,महेश सिंह,वीरेन्द्र यादव,लगायतका अनुगमन टोलीले बजार अनुगमन गरेका नगर प्रहरीका इन्चार्ज शम्भु बस्नेतले जानकारी दिनु भयो। म्याद गुज्रेका र कानुनी दायरा अन्तर्गत न रही व्यवसायी सञ्चालन गरेका व्यापारीहरूलाई जरिवाना सहित कानुन बमोजिम कारबाही गर्ने उप मेयर महतो ले बताए।