Banner Second

सिराहा क्षेत्र नम्बर ४ मा जसपा नेताहरूद्वारा सुभ कामना आदान प्रदान सम्पन्न

By Saru Sunar

October 01, 2022

 

महेश सिंह सिराहा लहानअसोज – सिराहा निर्वाचन क्षेत्र नम्बर ४ मिर्चैया नगरपालिका वडा नम्बर १० मिथिलेश्वर बजारमा जनता समाजवादी पार्टी नेपालका नेताहरूद्वारा दसैँ दीपावली,नवाह,तथा छठ पर्वको उपलक्ष्यमा वडा स्तरीय सुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ्। वडा कमिटी अध्यक्ष विनोद महतोको अध्यक्षतामा सुरु भएको कार्यक्रममा पुर्व माननीय तथा जसपा केन्द्रीय राजनीति सदस्य डाक्टर वीरेन्द्र महतोले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो भने विशिष्ट अतिथिमा जसपा राजनीति समिति सदस्य चन्देश्वर पासमान,सङ्घीय परिषद् सदस्य विजय कुमार यादव,विष्णु साह लगायतका नेता कर्याकर्ताहरुले एक आपसमा सुभ कामना आदान प्रदान गरेका थिए। सम्पूर्ण देश विदेशमा बस्नु हुने नेपाली दिदी बहिनी आमा बुवा हरुवा सुभ कामना व्यक्त गरेका थिए।