Banner Second

शिएमसी नेपालद्वारा जनप्रतिनिधि र सरोकारवालासङ अन्तर्क्रिया

By Saru Sunar

October 02, 2022

महेश सिंह सिराहा लहान १६ असोज – शिएमसी नेपालले देशमा विभिन्न परियोजना अन्तर्गत नेपालका ७”वटै प्रदेशका ५४ जिल्लामा १० वटा परियोजना संग विद्यालय, समुदाय,एक घर सङ्कट व्यवस्थापन,लक्षित समुदाय लैङ्गिक हिंसाबाट प्रभावित समुदायमा मन परामर्शका सेवा दिने गरिएका छन्। लहान नगरपालिकामा २० वटा सामुदायिक विद्यालय र ३ वटा स्वास्थ्य चौकीमा मन परामर्शको कार्यक्रम सञ्चालनमा रहेको परियोजना संयोजक अनिरुध मुखियाले जनाए।शिएमसी नेपालले केन्द्रिय सरकार र प्रदेश सरकार र स्थानीय सरकारसङको सहकार्य गरी देश भरि कार्यक्रम सञ्चालन गर्दै आएका हुन्। शनिवार लहानमा परियोजना अभिमुखीकरण बाल मानसिक स्वास्थ्य र पहुँच कर्तामा परीक्षण सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा नेपालका ११ हजार ब्यक्तीले प्रति वर्ष परामर्श लिन आउने गरिएका कार्यकारी निर्देश राम लाल श्रेष्ठले बताए। प्रति जिल्ला ४ पालिका र ३२ वटा पालिकामा कार्यक्रम सञ्चालनमा रहेका छन्। सिराहामा लहान नगरपालिका,धनगढीमाई नगरपालिका र धनुषाको धनौजी गाउँपालिकामा कार्यक्रम सञ्चालनमा रहेका छन्। शिएसी नेपालले बाल मानसिक स्वास्थ्य, सामी परियोजना,मनोसमाजीक सहयोग,लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार, वैदेशिक रोजगारमा जाने युवाहरू र परिवारका सदस्यहरूलाई परामर्श दिने गरिएका छन्। लहान नगरका प्रमुख महेश चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु गरेका थियो भने उप प्रमुख राम चलितर महतो,लगायतका लहानका अधिकांन्स जनपतिनिधीहरुको सहभागीता रहेको आयोजक संस्थाका प्रतिनिधि रेखा चौधरीले बताए।