टप फिचर

सामाजिक सञ्जालका प्रयोगकर्ता जिम्मेवार नबन्दा गैरकानुनी क्रियाकलाप बढे : डा. गिरी

By Thaha - Online

October 03, 2022

घोराही। नेकपा माओवादी केन्द्रको विज्ञान तथा प्रविधि विभागका सदस्य एवं सूचना प्रविधि विज्ञ डा. शैलेन्द्र गिरीले सामाजिक सञ्जाललाई व्यवस्थित रुपमा प्रयोगमा ध्यान दिनुपर्ने बताएका छन्।

प्रेस सेन्टर नेपाल दाङको विस्तारित बैठकमा उनले जानेर वा नजानेर सामाजिक सञ्जालको प्रयोग गर्ने तर व्यवस्थापन गर्न नसक्दा धेरै जना कानुनको फन्दामा परिरहेको बताए। ‘सामाजिक सञ्जालमा पोष्ट गर्ने विषय बस्तुले व्यक्ति वा संस्थाको मान मर्यादामा खलल पुर्‍याउने, बदनामी गर्ने, कसैलाई हानी ट्यापमा पार्ने र लगाएता गैरकानुनी क्रियाकलाप समाजमा बढ्दो क्रममा रहेकोले यसको व्यवस्थापन पक्षमा सबैको चासो हुनुपर्दछ,’ डा. गिरीले भने।

सूचना प्रविधिका नयाँ आयामहरूलाई प्रयोग गर्दा आफूबाटै अन्जानमा साइबर अपराध हुन्छ कि भन्नेमा प्रयोगकर्ता सधैँ सजग रहनुपर्ने उनले बताए। उनले सञ्चार गृहले खोजमा आधारित तथ्य सहितका समाचार सम्प्रेषणमा जोड दिए पत्रकारिताको गरिमा अझ बढ्ने बताए। सामाजिक सञ्जालमा झुटा समाचारहरू संपेषण भइरहेको सन्दर्भमा सञ्चारमाध्यमले यसलाई चिरेर जानुपर्नेमा जोड पनि दिए।