सिराहा क्षेत्र नम्बर १ क को प्रत्यक्ष तर्फ टिकट आफूलाई हुनुपर्छ: नेता चौधरी 



सिराहा लहान – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अछमित लाल चौधरीले मङ्सिर ४ गते हुन् लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्माणमा सिराहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फको टिकट आफूले पाउनु पाउनुपर्ने पत्रकार समेलनमा जोडदार माग राखेका छन्।

२०३३ साल देखि राजनीतिमा लागेका उनी प्रजातान्त्रिक आन्दोलनको हरेक आन्दोलनमा अग्रनी भूमिका निर्वाह गरेका उनले पंचात कालमा वडा सदस्यको जिम्मेवारी सम्हाल्दै।
२०४७ साल देखि नेपाली काङ्ग्रेसको राजनीतिमा पूर्ण रूपले समर्पित रहेका नेता अछमीत लाल चौधरीको लहानमा सङ्गठन बनाउनमा निकै योगदान र काङ्ग्रेस पार्टी लहानमा चिनाउन निकै देन रहेको उनले दाबी गरेका हुन्।

नेपाली काङ्ग्रेसका ९ औँ महाअधिवेशन देखि २५ वर्ष सिराहा क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिको जिम्मेवारी  कुशलता पूर्वक निर्वाह गरेका उनले २०४९ सालको स्थानीय चुनावमा गाविस अध्यक्षको टिकट पाएर पनि नेता चौधरीले अरूलाई टिकट दिएर सहयोग गरेका थिए।

निस्वार्थ रूपले राजनीति गर्दै अगाडि बढेका नेता चौधरी सङ्कट  काल,र साही कालमा काङ्ग्रेसको कुशल नेतृत्वको भूमिका निर्वाह गरेका हुन्।अहिले सम्म उनले गाविस अध्यक्षको २ पल्ट निर्वाचनमा भाग लिएका थियो भने २०७४ सालको निर्वाचन लहान नगरपालिकाको प्रमुख अर्थात् मेयरको टिकट पाएर निर्वाचनमा भाग लिए र असफल भएका थिए।

चुनावमा पराजित भए पनि उनले इमानदारिता पूर्व राजनीतिमा  सक्रिय नेताको रूपमा चिनिएका हुन्।मङ्सिर ४ गते हुने निर्वाचनका लागी नेता चौधरीको सिराहा क्षेत्र नम्बर १ क बाट प्रत्यक्ष तर्फ प्रदेश सभाको लागी नाउँ सिफारिस भएको छ।

उनले पत्रकार सम्मेलनमा आफूले टिकट पाउनु पर्ने जोड दिएका हुन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्