कपिलवस्तु जिल्ला लगायत देशभर आज प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि उम्मेदवारी दिनेको भिड भाड देख्न सकिन्छ।
जनता प्रगतिशील पार्टी बाट कपिलवस्तु क्षेत्र नं ३ प्रतिनिधि सभामा जनता प्रगतिशील पार्टी नेपालका महासचिव तथा पूर्व मन्त्री समेत रहेका ईश्वर दयाल मिश्र (वीरेन्द्र मिश्र) ले मनोनयन उम्मेदवारी दर्ता गराएका छन् । कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ ख बाट प्रदेश सभा सदस्यमा मिर्जा राशिद बेगले निर्वाचनको क्षेत्रीय कार्यालय रहेको चन्द्रौटामा मनोनयन उम्मेदवारी दर्ता गरेका छन् ।
मिर्जा तथा मिश्रले समर्थकका साथ निस्किएको रैली सहित निर्वाचनको क्षेत्रीय कार्यालय चन्द्रौटामा उम्मेदवारी दर्ता गरेका छन् ।
मिश्र मन्त्री भएको बेला क्षेत्र तथा जिल्लामा विकास गरेका र उहाँ पछि हारे पनि क्षेत्रमा करोडौँ को बजेट ल्याउन सक्रिय भूमिका निर्वाह गरेकाले उहाँ एक विकास प्रेमी नेता रहेको क्षेत्र बासीको भनाई रहेको छ साथै उहाँलाई जनताको साथ र समर्थन रहने पार्टी समर्थक तथा शुभचिन्तक हरूले बताए ।
यता भने ३ ख प्रदेश सभा सदस्यमा मनोनयन दर्ता गराएका मिर्जा राशिद बेग नेकपा एमाले कृष्ण नगर नगर सचिवालय सदस्य तथा राष्ट्रिय युवा सङ्घ कृष्ण नगर अध्यक्ष रहेका थिए तर उनी स्थानीय तहको चुनावमा मेयरको टिकट माग्दा प्रदेश सभा सदस्यमा टिकट पाउने पार्टी अग्र पङ्क्तिको आश्वासन पाए पश्चात् पछि हटेका थिए तर फेरि पार्टीले टिकट न दिए पछि आफू जनता प्रगतिशील पार्टी नेपाल रोजेर जनताको सेवा गर्ने मौका जनताले दिने विश्वासका साथ चुनावमा सहभागी भएको बताए।
उक्त उम्मेदवारी दर्तामा जनता प्रगतिशील पार्टी नेपालको वडा कमिटी, नगर कमिटी, क्षेत्रीय कमिटी, जिल्ला कमिटी का पदाधिकारी हरू, पार्टी समर्थक, शुभचिन्तक लगायतका नेताहरूको उपस्थितिमा चनद्रौटामा रैली समेत गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।