Banner First

काठमाडौँ महानगरले फुटपाथबाट हटाएको शर्मिलालाई धरानका मेयरले एक महिनाको तलब दिने

By Saru Sunar

October 14, 2022

काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित ठेला गाडामा सामान बेचेर जीविका चलाउँदै आएकी शर्मिला तामाङको ठेला नगर प्रहरीले बिहीबार नियन्त्रणमा लिएको थियो। त्यसपछि शुक्रवार हर्कले फेसबुकमा स्ट्याटस राख्दै शर्मिलालाई एक महिनाको तलब पठाइदिने घोषणा गरेका हुन्। ‘यी बहिनी को हुन्? यिनलाई मेरो एक महिनाको तलब पठाइदिने घोषणा गर्दछु! जय मान्छे!,’ उनले फेसबुकको स्ट्याटसमा लेखेका छन्।