उत्तम कुमार थापा बझाङ सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लामा बिपी काङ्ग्रेसले प्रतिनिधि सभामा उम्मेदवारी दिएको छ । विकास लाई तीव्रता दिन बिपी काङ्ग्रेस बझाङले प्रतिनिधि सभामा उम्मेदवारी दिएको सभाका उम्मेदवार गणेश सिंहले बताए । उनले भन्नू भयो,अब बझाङ जिल्लामा नेपाली काङ्ग्रेस पार्टीको प्रतिनिधि सभामा उम्मेदवारी नभएको बताउँदै,काङ्ग्रेस नेता कार्यकर्ताले बिपी काङ्ग्रेस लाई मतदान गर्ने दाबी गर्नु भयो । जनमुखी एफएममा कुराकानी गर्दै,उहाँले काङ्ग्रेस पार्टी अरुपाटीमा विलयवान् भएको र जिल्लामा सबैभन्दा ठुलो पार्टीको रूपमा रहेको नेपाली काङ्ग्रेस बझाङले प्रतिनिधि सभाको टिकट नपाएको भन्दै बिपी काङ्ग्रेस लाई सजिलो हुने दाबी गर्नु भयो । उम्मेदवार सिंहले जिल्लामा रहेका सबै काङ्ग्रेसले र अन्य पार्टीका नेताहरूले पनि काङ्ग्रेसको साख जोगाउन पनि आफूलाई मतदान गर्नु पर्ने र बिपी काङ्ग्रेस लाई सजिलो भएको बताए । काङ्ग्रेस बाट प्रतिनिधि सभाका उमेर छविस पाथीभरा गाउँपालिका वडा नम्बर ४ घर भएका गणेश सिंह हुन उहाँले प्रतिनिधिसभामा काठमाडौं बाट उम्मेदवारी दर्ता गराउनु भएको तियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।