शान्त बहादुर घतानी (प्रदिप)प्रदेश नं. १ भरिमै दलित समुदायका एकमात्र प्रत्यक्ष उम्मेदवार



ओखलढुङ्गा, २९ असोज। आसन्न मङ्सिर ४ को सङ्घ तथा प्रदेशको निर्वाचनमा ओखलढुङ्गा २ ‘ख’ मा जसपाको छाता चुनाव चिन्हबाट दलित समुदायका युवा नेता शान्त बहादुर घतानी (प्रदिप) प्रत्यक्ष चुनाव प्रतिस्पर्धा गर्दै छन्। संभवत प्रदेश नं. १ भरिमै उनी एक मात्र दलित समुदायका उम्मेदवार हुन्।विगत लामो समयदेखि समाजसेवा गर्दै सामाजिक न्याय, समानता र लोकतन्त्रको सबलीकरणको पक्षमा वकालत गर्दै आउनु भएका उनले समाज रूपान्तरणमा निरन्तर सक्रिय, इमानदार र बौद्धिक नेताको रूपमा आफ्नो पहिचान बनाएका छन् । सङ्घीयता, सुशासन, समावेशी राज्य, पूर्ण समानुपातिक प्रतिनिधित्व र सबै खाले विभेदहरूको अन्त्यका लागि आफू राजनीतिमा होमिएको उनी बत्ताउँछन्।

पुराना ठुला दलहरूले भाषणमा मात्र महिला, दलित र युवाका कुरा गरेको तर टिकट दिने बेला भेदभाव गरेकोले अब जनताले निष्पक्ष न्याय गरी सक्षम युवालाई अवसर दिने उनको भनाई रहेको छ। जनतालाई चुनावको बेला मात्र रमाइलो गराउने तर बाँकी वर्ष हराउने, युवा जतिलाई खाडी पठाउन बाध्य पार्ने, पार्टी र नेतालाई जनताले अब भोट होइन चोट दिएर सबक सिकाउनु पर्ने समय आइसकेको उनको तर्क रहेको छ। पूर्वको कर्णाली भनेर चिनिने ओखलढुङ्गाको पहिचान बदल्न, ओखलढुङ्गाका जनताको जीवनमा समग्र परिवर्तन ल्याउन आफूले उम्मेदवारी दिएको उनको भनाई रहेको छ ।“ओखलढुङ्गाका जनताको दुःख र पीडालाई नजिकबाट देखेको र अनुभूति गरेको छु र यी दुखहरूलाई सुख र खुसीमा परिणत गर्न आफ्नो सम्पूर्ण शक्ति लगाउने छु। सहज शिक्षा, स्वास्थ्य, बाटो र रोजगारी जस्ता समस्याहरूको हाल गर्न र समग्र सामाजिक रूपान्तरणका लागि म जस्ता भुईँ तहबाट सङ्घर्ष मार्फत उठेका सक्षम युवालाई जनताले अवश्य अवसर दिनु हुन्छ भन्ने कुरामा म ढुक्क छु।

हिजो मेरो बाउ बाजेले कुटो कोदालो हँसिया आदि बनाई दिएर समाजलाई आवश्यक देन दिएको र समाजले त्यो गुण तिर्न पनि आज समाजका सबै सचेत युवा, महिला, किसान, मजदुर, बुद्धिजीवीले मलाई मत दिई सेवा गर्ने अवसर दिनेमा आशा बादी छु । मेरा जनता नै भगवान् रुपी न्यायाधीश हुन्, उहाँहरूलाई म अगाध प्रेम र सम्मान गर्छु र मलाई पनि मेरा जनताले प्रेम र विश्वास गरी आफ्नो अमूल्य मतले एक जना दलित समुदायको सक्षम इमानदार युवालाई न्याय गर्नुहुनेछ”, घतानी भन्छन्।भ्रष्टाचार, नातावाद राजनीति र समाजलाई दूषित बनाएकोले आफू त्यसबाट टाढा रहँदै महिला, मजदुर, किसान, युवा र जेष्ठ नागरिकको हित र उत्थानमा सदा सँगै रहने उनको प्रतिबद्धता रहेको छ ।

गोठालो खबरबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्