सैघाली खबर
काठमाडौं ,३ चैत्र
नवनिर्वाचित मन्त्रीहरुले आफ्नो कार्यकाल सफलबनाउने प्रतिवद्धता सहित मन्त्रालय सम्हालेका छन् । हिजो पद तथा गोपनियताको शपथ ग्रहण गरेसंगै नवनियुक्त मन्त्रीहरुले आआफ्नो कार्यभार सम्हालेका हुन् । नवनियुक्त परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७५÷७६ मा सम्पादनगर्ने कामहरूको प्रस्तावलाई स्वीकृति दिनुभएको छ ।
आफ्नो कार्यकालमा चीन र भारतसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लग्ने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुननदिने प्रतिवद्धता उहाँले जनाउनुभयो । ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै वर्षमानपुनले नेपालको आर्थिक समृद्धिको प्रमुख आधारको रुपमा ऊर्जा क्षेत्रको प्रगतिको लागि आफूले सबै खाले उपाय अबलम्बन गर्ने बताउनुभयो ।
न्यायतथा संसदीय मामिलामन्त्रालय सम्हाल्दै शेरबहादुर तामाङले संविधानको मर्मअनुसार आवश्यक कानून तत्काल निर्माण गर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो । पर्यटन तथानागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले पर्यटकलाई नेपाल ल्याउन आवश्यक पर्ने विमान स्थल निर्माणलाई तीव्रता दिनभूमिका खेल्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
कृषि, भूमितथा सहकारी मन्त्रालयको जिम्मेवारी लिदै चक्रपाणी खनालले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास आवश्यक रहेको र त्यसका लागि आत्मनिर्भरमुखी कृषि योजना ल्याउने बताउनुभयो । भौतिकपूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी समहाल्दै रघुवीर महासेठले आगामी ५ वर्षभित्रमा विकास र समृद्धिका विषयमा जनतासामु गरेको वाचा पूरा गर्ने ढंगले कामगर्ने प्रतिबद्धता व्यक्तगर्नुभयो ।
नवनियुक्त वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले सुशासन आफैँबाट कायम गर्नुपर्ने बताउनुभयो । नवनियुक्त खेलकुद मन्त्री युवातथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुद क्षेत्रलाई अगाडि बढाउन आफूले सक्दो पहलगर्ने बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।