४९ जना डेङ्गी सङ्क्रमितको मृत्यु, ४१ हजार बढीमा सङ्क्रमण



काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तथ्याङ्क अनुसार नेपालमा डेङ्गी सङ्क्रमणबाट ४९ जनाको मृत्यु भएको छ ।

नेपालमा सात प्रदेशका ७७ वटा जिल्लामा ४१ हजार ७४३ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ डेङ्गी सङ्क्रमको ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

उच्च ज्वरो आउने, बेस्सरी मांसपेशी दुख्नु, आँखाको गेडी दुख्नु, टाउको दुख्नु, शरीरमा रातो बिमिरा आउनु वाकवाकी लाग्नु, वान्ता हुनु डेंगुका प्रमुख लक्षण हुन् ।

एडिस जातका लामखुट्टेले घाम उदाएको दुई घण्टापछि र घाम अस्ताउनुभन्दा दुई घण्टा अघि सक्रिय हुने हुँदा सचेत रहन चिकित्सकको सुझाव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्