नयाँ जिन्दगी पाए किसनले ‘ग्रीनसिटीले निशुल्क अप्रेसन ‘औसधिको बिल अमर क्षेत्रीबाट सहयोग

पेटको आन्द्रा टुटेर अप्रेसन गरेका किसनको अस्पतालमा औषधिको ८५ हजार बिल अमर क्षेत्रीले तिरे


काठमाडौँ – पेटको खाने आन्द्रा टुटेर जीवन र मृत्युसङ लडिरहेका डडेलधुराका किसन ताम्राकारको ग्रिनसिटि अस्पतालमा निःशुल्क अप्रेसन भएको थियो । सानैमा आमा गुमाएका किसन सानै देखि बुवासङ इन्डियाको लुदिआना बस्थे , बुवाको एउटा कम्पनीमा चौकीदारी गर्छन् , हर्नियाँको समस्या देखिएको किसनको इन्डियामा ८ पटक अप्रेसन भयो । करिब ४ वर्षको यो अवधिमा उनको उपचारको लागि बुवाले सकेजती गरे गाउँको पाखो वारि , अलिअलि कमाएको पैसा , पत्याउने जतिसँग रिण साथै काम गरेको कम्पनीको मालिकसँग समेत नेपाली ८ लाख रिण लिए तर छोरा निको हुन सकेन । अन्त त ५ महिना अगाडि किसन बाच्ने आसा बोकेर नेपाल आयो कीर्तिपुर मा गाउँले चिने जाने साथीहरूको साहारा लिएको एक महिना पछि नै उ पूर्ण रूपमा एक्लो सहयोग विहीन भएर सडकमा आयो ।

 

आर्थिक सहयोग गर्नु हुने अमर क्षेत्री परिवार सहित

तीन दिन देखि खान नपाएर छट्पटीएको बेला सामाजिक अभियान्ता सरु सुनारको सम्पर्कमा आए पछि सडकबाट सरु सुनारले उठाइन र कीर्तिपुर मा एउटा कोठा लिएर खानपिन , बस्ने सबै व्यवस्थाको लागि जुटिन ।जुन बिचमा केही सहयोगी मनहरूको सहयोगले ४ महिना बित्यो र सरु सुनार , तिलक बस्नेतको पहलमा ग्रीनसिटी अस्पतालमा प्रमुख लोकबहादुर टन्डनसग सहकार्यमा अस्पतालमा लाग्ने औषधिको खर्च तिर्नु पर्ने तर किसनको निःशुल्क अप्रेसन गरिदिन अस्पतालका प्रमुख राजी हुनुभयो ।

डा. रोमियोको टिमले गरेको अप्रेसन किसनको सफल भयो । अस्पतालमा किसनको पटक पटक अप्रेसनको लागि भर्ना हुँदै भएका औषधिको खर्च भने बाकी नै रहेको थियो । समाज सेवामा असाध्यै रुचि राख्ने , अरूको दुख र समस्या सुन्न र देख्न नसक्ने नेपाल घर काठमाडौँ बालुवाटार भएका लामो समय देखि अमेरिका व्यापार , व्यवसाय गर्दै आउनु भएका अमर क्षेत्रीले रु ८५ हजार अस्पतालको बिल काठमाडौँ निवासी विक्रम बडेल मार्फत आज अस्पतालमा नै गएर अस्पतालका प्रमुख लोकबहादुर टन्डनको रोहवरमा हस्तान्तरण गर्नु भएको छ । विदेशमा रहेर पनि दुखी गरिबको लागि दुखिरहने मन , आफ्नो मेहनतको कमाइ काटेर अरूको जीवन बचाउने सहयोगी मनका धनी अमर क्षेत्रीलाई धन्यवाद ।

अप्रेशन सफल भए पनि पेटको समस्याको कारण र दुखाइ बढी भएको हुँदा गत सोमबारबाट ग्रिनसिटि अस्पतालमा इमरजेन्सीमा भर्ना भएर पुन उपचार भएको सरु सुनार बताउछिन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्