बझाङ जिप दुर्घटना ६ जनाको मृ’त्यु १६ जना घाइते



बझाङ बझाङको मस्टा गाउँपालिका वडा नं १ मा जिप दुर्घटना हुदँ ६ जनाको मृ’त्यु भएको छ भने १६ जना घाइते भएका छन् । बझाङमा जिप दुर्घटना भएको छ। बुधबार दिउँसो जिल्लाको मस्टा गाउँपालिका १ स्थित चिउरी अम्ला चौकाको तुफानडाडामा जिप दुर्घ’टना भएको हो। बझाङको सदरमुकाम चैनपुर नजिकै रहेको डुङी देखि मस्टा ज्यादै गरेको जिप दुर्घटनामा परेको हो । सुप प्र ०१–००१ ज ११७ नम्बरको जिप दुर्घटना हुँदा अहिलेसम्म ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘६ जनाको श’व भेटिएको छ,’ बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) जागेश्वर भण्डारीले भने, ‘घाइतेहरूलाई अस्पताल पठाइरहेका छौँ। विस्तृत विवरण आउन केही समय लाग्छ।’ मृतक र घाइतेहरूको पहिचान भने खुलेको छैन ।घाइतेको जिल्ला अस्ता बझाङमा उपचार हुँदै। घाइते हुनेमा मस्टा गाउँपालिका- २ का ८ वर्षीय अमृत खड्का, १३ बर्सिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्सिया अम्बिका सिंह, ५० बर्सिया सिन्की देवी भण्डारी, सोही वडा २५ बर्सिया कमला कठायत, २१ बर्सिया निन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मस्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय वीर बहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्सिया हेमन्ती सिंह रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्