मन्त्री छान्ने बिषयमा फोरममा अलमल



सैघाली खबर
काठमाडौं ,३ चैत्र

कसको नेतृत्वमा सरकारमा कुन मन्त्रालय सहित सहभागि हुने भन्ने बिषयमा संघिय समाजवादी फोरममा विवाद भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फोरमलाई नै कुरेर मन्त्रीमण्डल विस्तार गर्न ढिलाई गर्नुभएको भएपनि हिजो भएको मन्त्रीमण्डल विस्तारमा फोरम सहभागि भएन ।

मन्त्री बन्ने नेताहरूको नाममा पार्टी भित्रै सहमति जुट्न नसक्दा फोरमले सरकारमा सहभागि हुन ढिलाई गरेको हो । पार्टीबाट सरकारमा पठाउन लागिएका सहअध्यक्ष राजेन्द्र श्रेष्ठको नाममा पार्टीका अधिकांश नेताले विमति जनाएपछि अध्यक्ष उपेन्द्र यादवले तत्कालै मन्त्रीको नाम पठाउन नसक्नुभएको बताईएको छ । फोरम अध्यक्ष यादवले भने संविधान संशोधनमा लिखित सहमति नभएकाले पार्टी सरकारमा नगएको दाबी गर्नुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्