बझाङ जिप दुर्घ’टनामा नेपाली सेनाले गर्याे उद्धार



बझाङ बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा भएको जिप दुर्घटनामा नेपाली सेनाले उद्धार गरेको छ । आज सदरमुकाम चैनपुर नजिकै रहेको डुग्री बाट मस्टा गाउँपालिका जादैगरेकाे जीव दुर्घटना भएको हो । जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । जिप दुर्घटना भए पछि विरभद्रजङ्ग गुल्म पानकाेट ब्यारेक बाट सह सेनानी अनुप हमालको नेतृत्वमा १५ जना नेपाली सेना घटना स्थलमा गएर उद्धार गरेका हुन । नेपाली सेनासँगै नेपाल प्रहरीका डिएसपी जागेश्वर भण्डारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बझाङका डिएसपी नेत्र केसीको नेतृत्वमा सशस्त्र प्रहरी गरी सबै सुरक्षा निकाय उद्धार मा खटेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।


सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका– २, खेत कोट जाँदै गरेको सुप प्र ०१–००१ च ११७ नम्बरको जिप बुधवार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृ’त्यु भएसँगै मृतकको सङ्ख्या ७ पुगेको हो । दुर्घटनामा परि मृ’त्यु हुनेमा मस्टा गाउँपालिका–२ की १३ बर्सिया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ बर्सिया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए ।
दुर्घटनामा परि १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मस्टा गाउँपालिका- २ का ८ वर्षीय अमृत खड्का, १३ बर्सिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्सिया अम्बिका सिंह, ५० बर्सिया सिन्की देवी भण्डारी, सोही वडा २५ बर्सिया कमला कठायत, २१ बर्सिया निन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मस्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अङ्कित खड्का, ७५ वर्षीय वीर बहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्सिया हेमन्ती सिंह रहेका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्