Banner First

बझाङ जिप दुर्घ’टनामा नेपाली सेनाले गर्याे उद्धार

By Saru Sunar

October 19, 2022

बझाङ बझाङको मस्टा गाउँपालिका वडा नम्बर १ मा भएको जिप दुर्घटनामा नेपाली सेनाले उद्धार गरेको छ । आज सदरमुकाम चैनपुर नजिकै रहेको डुग्री बाट मस्टा गाउँपालिका जादैगरेकाे जीव दुर्घटना भएको हो । जीप दुर्घटनामा परि मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । जिप दुर्घटना भए पछि विरभद्रजङ्ग गुल्म पानकाेट ब्यारेक बाट सह सेनानी अनुप हमालको नेतृत्वमा १५ जना नेपाली सेना घटना स्थलमा गएर उद्धार गरेका हुन । नेपाली सेनासँगै नेपाल प्रहरीका डिएसपी जागेश्वर भण्डारीको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बझाङका डिएसपी नेत्र केसीको नेतृत्वमा सशस्त्र प्रहरी गरी सबै सुरक्षा निकाय उद्धार मा खटेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए ।

सदरमुकाम चैनपुरबाट मस्टा गाउँपालिका– २, खेत कोट जाँदै गरेको सुप प्र ०१–००१ च ११७ नम्बरको जिप बुधवार अपराह्न ४ बजे दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृ’त्यु भएसँगै मृतकको सङ्ख्या ७ पुगेको हो । दुर्घटनामा परि मृ’त्यु हुनेमा मस्टा गाउँपालिका–२ की १३ बर्सिया सम्झना खड्का, सोही ठाउँका १५ वर्षीय रोशन खड्का, २८ बर्सिया वसन्ती धामी, १३ वर्षीय प्रचण्ड खड्का, ३८ वर्षीय वीरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका−७ का ४२ वर्षीय झरेन्द्र बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताए । दुर्घटनामा परि १६ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मस्टा गाउँपालिका- २ का ८ वर्षीय अमृत खड्का, १३ बर्सिया रोशनी धामी, सिंहवीर बुढा, ३५ वर्षीय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ बर्सिया अम्बिका सिंह, ५० बर्सिया सिन्की देवी भण्डारी, सोही वडा २५ बर्सिया कमला कठायत, २१ बर्सिया निन्दा ओखेडा, ७५ वर्षीय वीर बहादुर खड्का, मस्टा साडा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिस ओखेडा, १० वर्षीय अङ्कित खड्का, ७५ वर्षीय वीर बहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ बर्सिया हेमन्ती सिंह रहेका छन् । घाइते सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये धेरैजसोको अवस्था चिन्ताजनक रहेको अस्पतालले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीका अनुसार मृतकको सङ्ख्या अझै बढ्न सक्नेछ।