जातीय विभेद गर्दै टेकेन्द्र सुनारलाई कु’टपिट गर्ने वडा अध्यक्ष एक लाख धरौटीमा रिहा



मन्दिर प्रवेश गरेको निहुँमा  दलितमाथि कुटपिट गर्ने  त्रिवेणी नगरपालिका वडा नम्बर ७ का  वडा अध्यक्षसहित ३ जना जनही १ लाख धरौटीमा रिहा भएका छन् ।
उनीहरूलाई हिजो बाजुरा जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले जनही १ लाख धरौटीमा रिहा गरेको हो ।
पीडित सुनार को पक्षबाट सरकारी वकिलले बहस गरेका थिए भने पिडकको पक्षबाट वकिल कविराज पण्डित, तुला रम जैसी , हर्क खडायतले बहस गरेका थिए ।

कुटपिटबाट घाइते टेकेन्द्र सुनार                                                                                                                                                              पिडकहरूको पक्षबाट तिनै जनाले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्ने भएका छन् ।  उनीहरु विरुद्ध  दलित समुदायका टेकेन्द्र सिंह सुनारले गएको असोज १३ गते जातीय भेदभाव तथा छुवाछूत सम्बन्धीको मुद्दा दायर गरेका थिए ।घटस्थापनाको अवसरमा नाटेश्वरी मन्दिरमा नवरात्रको पूजा गर्न बसिरहेका बेला बुढीगंगा नगरपालिका घर भई कञ्चनपुर बस्दै आएका सुनारमाथि वडा अध्यक्षसहित ३ जनाको समूहले कुटपिट गरी घाइते बनाएको थिए वडा अध्यक्ष जुद्धबहादुर अयडी, स्थानीय विनोद अयडी घटना भएकै दिन पक्राउ परेका थिए भने मन्दिरका पुजारी रङलाल पाध्याय ३ सातापछि पक्राउ परेका थिए ।

यसरी एउटा दलित समुदायका व्यक्तिमाथि सार्वजनिक पद धारण गरेका वडा अध्यक्षबाटै मन्दिर प्रवेश गरेको निहुँमा कुटपिट हुँदा पनि उनीहरूलाई धरौटीमा रिहा गरिएपछि दलित समुदाय आक्रान्त बनेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्