Banner First

वृद्धभत्ता बुझेर एकसाथ आउँदै गर्दा भीरबाट धकेलेर भाइको ह’त्या

By Saru Sunar

October 21, 2022

 

सन्धिखर्क : अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकामा आफ्नै दाजुले भाइको हत्या गरेका छन्। बुधवार भुमिकास्थान नगरपालिका १ खला धारा भीरबाट लडी साम्नेगाँउ निवासी ७० वर्षका वीरबहादुर गमालको मृ’त्यु भएको थियो।प्रहरीका अनुसार बुधवार दिउँसो करिब ४ बजेको समयमा वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाजु हिमबहादुर गमालले भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए। घर फर्किँदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा देनलेको विषयमा दुई भाइको सामान्य विवाद भई धकेला धकेल हुँदा भिरबाट धकेली भाइको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए।हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए। गमालको शव बाटोदेखि झन्डै ८० मिटर तल खसेको अवस्थामा फेला परेको थियो।