३ चैत्र
कपिलवस्तु । कृष्णनगर नगरपालिकाकी उपमेयर सबनम खातुनले चुनाव भएको एक वर्ष पुग्न लाग्दा समेत नगरपालिकाको कामकाज अन्याेलमै रहेको बताएकी छन् । याेजना तर्जुमा पनि कागजमै सिमित रहेकाे खातुनको भनाई छ ।
नगरपालिकाकाे याेजनाबारे जानकारी तथा अनुगमनकाे लागि पटकपटक कार्यकारी अधिकृत गणेश प्रसाद अर्याललाई भन्दाभन्दै १ वर्ष पुग्ना लाग्दा समेत जानकारी नअाएपछि खातुन अाफैले फागुन ३० गते २ दिनकाे समय दिएर पत्र काटेकी थिइन् ।
पत्रमा अार्थिक वर्ष २०७४/७५ नगर परिषदमा पास भएकाे याेजनाकाे बारेमा जानकारी सम्बन्धमा तथा भारतीय नम्बर प्लेट बटा असुल गरिएकाे चालु अावको साउनदेखि असुल भएको रकमकाे बैंक भाउचर समेत माग गरिएकाे छ ।
‘नगरपालिकाले निष्पक्ष भाई कामकाज गरेकाे छ भने कागज दिनबाट किन पछि हटेकाे उपमेयर खातुनले भनिन्’ अनलाइन डबलीसँग भनिन् । उनले मेयर रजतप्रसाद साह र कार्यकारी अधिकृत गणेशप्रसाद अर्यालको मिलेमतोमा धेरै काम गुपचुपमै राखिएका बताइन् । कामको जानकारी तथा हिसाब माग्दा मेयर र कार्यकारी अधिकृत कार्यालय छोडेर हिड्ने गरेको बताउँदै खातुनले मनपरीविरुद्ध अाफू लागेको बताएकी छन् । उपमेयर खातुनले मेयर र अधिकृत अर्यालको मनपरीबारे छलफल गर्न १२ वडाका अध्यक्षको भेला बोलाएकी छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।