कपिलवस्तु । देशको विभिन्न जिल्ला लगायत कपिलवस्तुमा पनि छठ पर्व अन्तर्गत आज आइतबार साँझ अस्ताउने सूर्यलाई अर्घ्य दिइएको छ ।
कृष्णनगर नगरपालिकाको सेमराको पोखरीमा छठ घाट व्यवस्थापनका लागी कृष्णनगर नगरपालिकाले आवश्यक सहयोग दिँदै आएको तथा छठ घाट व्यवस्थापनमा सहयोग रहने जानकारी नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले बताए।
जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत आइतबार साँझ सूर्यलाई अर्घ्य दिएका छन् l कपिलवस्तुको तौलिहवा,बहादुरगंज,महाराजगंज,लगायत जिल्लाका विभिन्न स्थानका जलासय सिँगारिएको छ ।
छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए केरा, स्याऊ, ठेकुवा, भूसुवा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।