ग्रिन सिटी अस्पताल र रोटरी क्लब काठमाडौँको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



ग्रिन सिटी अस्पताल र रोटरी क्लब काठमाडौँको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न नेपाल बौद्ध सेवा केन्द्रले रजत जयन्तीको अवसरमा निःशुल्क स्वास्थ्य सेवा सम्पन्न गरेको छ।नेपाल बौद्ध सेवा समाजको आयोजना तथा रोटरी क्लब काठमाडौँ डाउन टाउन तथा ग्रिन सिटी अस्पताल , निदान पोल क्लिनिक , तारकेस्वर नगरपालिका ५ को सहकार्यमा गोल ढुङ्गामा आयोजित कार्यक्रममा ३७५ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । स्वास्थ्य शिविर मा ३७५ स्थानीयहरूले सामान्य चिकित्सा, छाला, हाड – जोर्नी, स्त्री तथा प्रसूति, मुटु, तथा दन्त रोगको परीक्षण साथै निःशुल्क औषधि समेत दिइएको थियो । स्वास्थ्य शिविर मा स्वास्थ्य परीक्षण गराएका बिरामीको आर्थिक अवस्था हेरि असाध्यै निम्न स्तरका घरमा छाक टार्ने अवस्था नभएका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ग्रिन सिटी अस्पतालमा निःशुल्क उपचार गराउने र अन्य यहाँबाट जाने बिरामीलाई १५ प्रतिशत छुटमा उपचार गराउने ग्रिन सिटी अस्पतालका अध्यक्ष तथा रोटरी क्लब काठमाडौँ डाउन टाउनका अध्यक्ष लोक बहादुर टन्डनले जानकारी दिनु भयो । सामाजिक सेवामा अग्रसर रोटरी क्लब काठमाडौँ डाउन टाउन र ग्रिन सिटी अस्पतालको सहकार्यमा थुप्रै आर्थिक अवस्था कमजोर भएका धेरै बिरामीको निःशुल्क उपचार गराइसकेको पनि जानकारी दिनु भयो।

स्वास्थ सिबिरका केही झलकहरु

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्