कपिलवस्तु । निर्वाचनको मिति नजिकिँदै गर्दा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार घरदैलोमा व्यस्त देखिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरू मतदातालाई भेटेर आफ्ना कुरा सुनाउन र मतदाताबाट सुझाव लिन घर–घरदैलोमा व्यस्त बनेका छन् ।
दलका तर्फबाट उम्मेदवार बनेकाहरू जिल्लाका नेता तथा कार्यकर्तासँगै मतदाताको घरमा पुगिरहेका छन् । बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट कपिलवस्तु क्षेत्र नं. ३
प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेस का तर्फबाट उम्मेदवारी दिएका अभिषेक प्रताप शाह कपिलवस्तु क्षेत्र नं ३(१) गठबन्धनका नेकपा माओवादी केन्द्रका उम्मेदवार एहसान अहमद खां, कपिलवस्तु क्षेत्र नं ३(२) का नेपाली काँग्रेस तर्फबाट उम्मेदवार बिरेंद्र कुमार कनोडिया आफू निरन्तर घरदैलो कार्यक्रममा व्यस्त रहेको बताए ।
नेपाली काङ्ग्रेसको तर्फबाट उम्मेदवार बनेका शाह आफूलाई क्षेत्रका जनताले तीन पटक प्रत्यक्षमा सांसद बनाई सकेको तथा क्षेत्रको विकास गर्दै आएको र अगामी दिनमा समेत क्षेत्रलाई कृषि, शिक्षा, स्वास्थ्य, बाटोघाटो, आदिमा समृद्ध बनाउने लक्ष्य रहेको बताउँदै घरदैलो गर्दै जनताको समर्थन राम्रै पाई रहेको बताए ।
आफू मतदातालाई नयाँ योजना सुनाउन र मतदाताको समेत सुझाव लिई रहेको शाहले बताउनुभयो ।आफूले यहाँको समस्या नजिकबाट देखेकोले जनता समस्या समाधान गर्न सेवक भएर काम गर्ने समेत बताउनु भयो
प्रदेश सभा सदस्य उम्मेदवार कनोडिया आफू , “शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात लगायतको क्षेत्र मेरो प्राथमिकतामा छ ।” आफूले यहाँको समस्या नजिकबाट देखेकोले जनता समस्या समाधान गर्न सेवक भएर काम गर्ने समेत बताउनु भयो ।
प्रदेश सभा सदस्य उम्मेदवार खानले घरदैलो कार्यक्रम जारी रहेको बताउँदै जनताको सुख दुःखमा सधैँ साथ दिने गरी विकासको हरेक सम्भावना पहिचान गरी क्षेत्रको विकास गर्ने बताए l
घरदैलोमा जनताको भारी समर्थन रहेकोले बाम लोकतान्त्रिक गठबन्धनको उम्मेदवार जित्ने निश्चित पार्टी समर्थन तथा शुभचिन्तकहरूको दाबी रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।