कृषिलाई प्राथमिकता, पेन्सन र बिमा लगायत प्रमुख एजेन्डाका साथ मिर्जा राशिद घरदैलोमा



कपिलवस्तु । जनता प्रगतिशील पार्टी नेपालबाट उम्मेदवार बनेका कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं३ (२) का उमेदवार मिर्जा रसिद वेगले किसानको खेतमा पुगेर आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन्।

उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ता विषयलाई समावेश गरेर आफ्नो घोषणापत्र तयार गरेका छन् ।युवाहरूका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।  

आफूले जितेमा यस क्षेत्रका सबै बालबालिकाले आधुनिक शिक्षा पाउने सबै नागरिकले गुणस्तरीय स्वास्थ्य पाउने, सबै किसानका भूमिसिंचित हुने सम्पूर्ण युवाहरू रोजगार र उद्यमी हुने भूमिहीन तथा बासी नागरिकहरूकोसमस्या समाधान हुने धार्मिक सम्पदाहरू आफ्नै मौलिकताले सुसज्जित हुने कुरामा विश्वस्त छन्।

साथै उनको घोषणा पत्रमा प्रदेश स्तरीय स्टेडियम ,प्रदेश स्तरको भलिबल कोर्ट। प्रत्येक वर्ष ज्येष्ठ नागरीकलार्य तीर्थयात्रा ,कृष्ण नगरमा पि विध्यालउय स्थापना, शिवगढिमा ५० बेडको बाल तथा महिला अस्पताल निर्माण , ,विजयनगरमा रिङ रोड निर्माण , किसान बिमा ,किसान पेन्सन लगायतका कार्यक्रम समेटिएको चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्