आज देशभरको मौसम कस्तो रहला ?



काठमाडौं। आज (शुक्रबार) बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। त्यस्तै, बाँकी भू-भागमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिक बदली हुने भएको छ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुनेछ। साथै हिमाली भू-भागका केही स्थानमा भने हल्कादेखि मध्यम हिमपातको समेत सम्भावना रहेको छ।

शुक्रबार राति भने देशका पहाडी भू-भागमा आंशिक बदली हुनेछ। त्यस्तै, बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। त्यस्तै, प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा हुने भएको छ। त्यस्तै, देशका हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको समेत सम्भावना भएको महाशाखाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्