राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक : नारायणकाजी श्रेष्ठ



चितवन। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले राजनीतिक स्थायित्वका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। इतिहासको विभिन्न कालखण्डमा दलहरूविच एकता गरिएको उल्लेख गर्दै उनले अहिलेको आवश्यकताले गठबन्धन निर्माण गरिएको बताए। माडीको वगईमा भएको लोकतान्त्रिक-वाम गठबन्धनका अगुवा नेता कार्यकता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा २ खालको गठबन्धन (प्रतिगमन र अग्रगमन) विचको लडाइँमा अग्रगामीहरूले विजयी हासिल गर्नुपर्ने बताए। संविधान र लोकतन्त्रको रक्षासँगै विकास र समद्विका लागि गठबन्धनमा केन्द्रीकृत हुन उनले आग्रह गरे।

राजनीतिक रूपमा हामी अगाडि बढेका छौं, उपाध्यक्ष श्रेष्ठले भने, प्राप्त उपलब्धि रक्षा गर्नुपर्ने छ, सँगसँगै संक्रमणकालीन न्याय निरूपण पुरा गर्नुछ, त्यसका लागि पनि हामी एकिकृत हुनुपर्छ। हिजोको संघर्षरत पक्ष र शान्ति प्रक्रियाको पक्षविचको एकता अर्थपूर्ण समेत रहेको उनको भनाई छ।यसअघिसम्म आ-आफ्नै तरिकाले प्रतिस्पर्धा गरिएको बताउदै उनले विकास र समृद्धि ल्याउन केन्द्रीकृत हुनुपर्ने बताए। जनताको आवश्यकता पुरा गर्न एकिकृत हुने विषय प्राकृतिक गठबन्धन नै भएको उनको दाबी छ। तत्कालीन समयमा शान्ति प्रक्रियादेखि नै गठबन्धन भएको स्मरण गराउदै उनले स्थायी सरकार निर्माण गर्न गठबन्धनका दलहरू एकतामा जोडिनुपर्ने उनको तर्क छ। साथै मन र मत एकिकृत गर्न उनले अपिल समेत गरेका छन्।

नेकपा एकिकृत समाजवादीका नेता नारदमणि पौडेलले गठबन्धनको जित सुनिश्चित रहेको बताए। तर यतिकै रहने अवस्था भने नरहेको उनले बताए। प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य सुर्य सुवेदी (पथिक), नारायण दाहाल, नेपाली कांग्रेस क्षेत्रीय सभापति लालबहादुर दवाडी, माडी नगर सभापति कोमलनाथ भुषाल, नेकपा माओवादी केन्द्र माडी नगर अध्यक्ष प्रभु महत्तो लगायत उल्लेख्य नेता कार्यकर्ताको उपस्थिति रहेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्