काठमाडौं उपत्यकामा चिसो बढ्यो



काठमाडौं। काठमाडौं उपत्यकाको आज शनिबार न्यूनतम तापक्रम यो वर्षकै कम मापन गरिएको छ। शनिबार बिहान उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यसअगाडि गएको नोभेम्बर ३ तारिखमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस थियो। अझै तापक्रम घट्ने सम्भावना छ।

यसैबीच चिसो सुरु भएपछि उपत्यकासहित देशभरको न्यूनतम तापक्रम पनि बिस्तारै घट्न थालेको छ। चिसो बढेसँगै शनिबार देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। बाँकी ठाउँको मौसम सामान्यदेखि आंशिक बदली भएर देशको पहाडी क्षेत्रमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्