उपराष्ट्रपतिका मनोनयन दर्ता , पासाङ दोहोरिने पक्का



 

सैघाली खबर
काठमाण्डौ , ३ चैत । उपराष्ट्रपति निर्वाचनको लागि आज शनिबार मनोनयन दर्ता गरिएको छ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको केहीबेर अघि देखी मनोनयन दर्ताको काम शुरु भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिमा दोस्रो कार्यकालका लागि विद्यादेवी भण्डारी चयन भइसकेकाले अब दलहरुले उपराष्ट्रपतिमा पुरुषलाई उम्मेदवार बनाउनुपर्ने छ ।

उपराष्ट्रपतिमा नन्दबहादुर पुन ९पासाङ० नै दोहोरिने पक्का छ । उम्मेदवारी दर्ताका लागि पुन बिहान ११ बजे संघीय संसद भवन परिसरमा निर्वाचन आयोगले स्थापना गरेको निर्वाचन कार्यालयमा पुग्दैछन् ।

आजै चार बजेभित्र उम्मेदवारमाथि दावी विरोध र उजुरी दिने समय निर्धारण गरिएको छ । आइतबार उजुरीमाथि जाँझबुझ गर्ने, उम्मेदवारी फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

उपराष्ट्रपतिको निर्वाचन भने आगामी ९ गते बिहान १० बजेदेखि दिउँसो तीन बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्