सोचेभन्दा धेरै मत ल्याएर चुनाव जित्छु : घनश्याम पाण्डे



एमालेका केन्द्रीय सदस्य घनश्याम पाण्डे, दाङ्ग क्षेत्र नम्बर ३ क बाट प्रदेश सभा सदस्यका उम्मेदवार हुन् । तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखका रुपमा काम गरेका पाण्डे विजयी मनोविज्ञानका साथमा निर्वाचनमा होमिएका छन् । विगतमा गरेका महत्वपूर्ण कामले गर्दा जनताले यसपटक पनि भारी मतान्तरले विजयी बनाउने उनको अपेक्षा छ । यसै विषयमा हामीले पाण्डेसँग केही चुनावी संवाद गरेका छौ ।

निर्वाचनको संघारमा हुनुहुन्छ, जनताले के भन्दैछन् ?

यो मेरो लागि दलका तर्फबाट लडेको तेस्रो निर्वाचन हो । सामाजिक संघसंस्थाका विभिन्न निर्वाचन पनि म दर्जनौको संख्यामा लडिसकेको छु । मेरो लागि निर्वाचन जहिले पनि सिकाईको विषय हो । मैले हरेक निर्वाचनमा केही न केही नयाँ कुरा सिकिरहेको हुन्छु । यसपटक पनि जनताको घरघरमा जाँदा मेरो लागि धेरै कुरा सिकाईको विषय भएको छ ।

हिजोका दिनमा तुलसीपुर उपमहानगरपालिकाको मेयरको निर्वाचन लड्दै गर्दा मैले भुईतहमा जनताका जुनजुन समस्या देखे पछि त्यसलाई सम्बोधन गर्दै गए । जनता के चाहन्छन् ? हामीले गर्नुपर्ने कुरा के हो ? यावत कुराहरु जनताको घरघरमा जाँदा थाहा हुँदो रहेछ ।
जनतासँग खासै धेरै अपेक्षाहरु छैनन् । बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता आधारभुत कुराहरु नै हुन् । यो पटक धेरै जनताहरुले रोजगारीको कुरा गर्नुभएको छ । जुन अहिले नेपालको मुख्य समस्याको रुपमा रहेको छ । हामीले यस विषयमा घोषणा पत्रमा पनि धेरै कुरा लेखिसकेका छौ । त्यसलाई नै मुलमन्त्र मानेर हामीले पाँच वर्षसम्म काम गर्नेछौ ।

नेताले भनेको कुरा जनताले पत्याउने छाडेको त होईन ?

तपाईले यो निकै महत्वपूर्ण कुरा गर्नुभयो । हो, जनताले नेताका कुरा पत्याउन छाडेका छन् । तर जसले हिजो जनतालाई सपना देखाएर काम गर्यो तर मन्त्री हुँदा पनि सिक्ने भाँच्न सकेन त्यस्तका कुराहरुलाई जनताले पत्याउन छाडेका छन् । मैले हिजो नगरप्रमुख हुँदा जे गर्छु भनेर वाचा गरेको थिए, प्रतिवद्धता जनाएको थिए । ५ वर्षको विचमा मैले सबै बाँचाहरु पुरा गरेको छुँ । जनताले जे पनि हुन्छ भन्ने हुन्छ बहादुर होईन काम बहादुरको पहिचान बनाएको हुँदा जनताले मैले भनेका कुरा र एजेण्डाहरुलाई गम्भिर ढँगले लिएका छन् ।

विपक्षीहरुसँगका चुनौतिहरु के के हुन् ?

अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने विपक्षी उम्मेदवारहरु निकै संकटपूर्ण अवस्थामा हुनुहुन्छ । एकातिर गठबन्धन गरे जसरी जनतामा उत्साह छैन भने अर्कातिर मसँग प्रतिष्पर्धा गर्नुहुने उम्मेदवारले हुन्छबहादुरको मात्रै छवि बनाउनु भएकाकारण जनताको विश्वास गुमाइसक्नुभएको छ । आजका मतदात सचेत छन् , उनीहरु के राम्रो, के नराम्रो राम्रोसँग छुट्याउन सक्छन् । मैले मेरो कार्यकालमा गरेका कामहरुलाई उहाँहरुले गर्नुभएको गफसँग तुलना नै गर्न सकिन्न । गठबन्धनको आडमा निर्वाचन जित्ने उहाँहरुको सपना यसपटक चकनाचुर हुनेछ ।

तपाईले जित्ने आधार के हो ?

मैले जित्ने आधार भनेको जनताप्रति मैले देखाएको इमान्दारिता नै हो । कोरोना महामारी जस्तो कठिन अवस्थामा पनि मैले आफ्नो ज्यानको माया मारेर जनताको ज्यान जोगाउँन पछि परिन । उपचार चाहिने जनतालाई उपचार गरे, भोकै रहेका जनतालाई खाद्यान्न दिएर सहयोग गरे । यसरी मैले विभिन्न ढंगले निरन्तर काम गरिरहे । हिजोका दिनमा तुलसीपुरलाई खोज्न मुस्किल पथ्र्यो तर आजका दिनमा देशमा मात्रै होईन विदेशमा पनि हामीले हाम्रो छवि फैलाएका छौ ।

जनताका साना साना आवश्यकता मात्रै होइन केही महत्वपूर्ण योजनाहरु सम्पन्न गरेका छौ ।
तपाईले पाँच वर्ष अगाडीको तुलसीपुर र अहिलेको तुलसीपुरका बीच तुलना गर्नुभयो भने धेरै अन्तर पाउन सक्नुहुन्छ । यसका साथै एमालेले राष्ट्रियतादेखि विकासका लागि गरेको काम नै हामीले जित्ने आधार हो ।

आजको दिनमा यो देशलाई जोगाउँने, जनतालाई राज्य हुनुको अनुभुति दिलाउने यदि कुनै पाटी छ भने त्यो केवल नेकपा एमाले मात्रै हो भन्ने कुरालाई जनताले सही ढँगले बुझेका छन् । यसकारण नेकपा एमाले यो देशको पहिलो पाटी बन्छ र यसका उम्मेदवारहरुले निर्वाचनमा विजयी हासिल गर्छन् ।

तपाईले उठाउनुभएका मुख्य मुद्दाहरु के के हुन् ?

मलाई नेकपा एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीकारुपमा प्रस्तावित गरेको छ । त्यसकारणले समग्र लुम्बिनी प्रदेशकै एजेण्डाहरुलाई मैले उठाएको छुँ । एक वर्षभित्र प्रदेशको राजधानी दाङ्गमा सार्ने मेरो मुख्य मुद्दा हो । यसका साथै तुलसीपुरलाई मैले जुन ढँगले व्यवस्थित बनाए त्यही रुपमा यस प्रदेशलाई पनि मैले व्यवस्थित बनाउदै लैजाने छुँ ।

यसका साथै यस प्रदेशको सामाजिक, आर्थिक,पूर्वाधार, वातावरण र सुशासन लगायतका कुराहरु मेरो प्राथमिकताका कुराहरु हुन् । यसका साथै तुलसीपुर विमानस्थलमा २ वर्षभित्र ठूला जहाज चल्न सक्ने गरी काम अगाडी बढाउने छु । तुलसीपुर उपमहानगरपालिकाको नगरप्रमुखका रुपमा मैले केही ठूला आकारका योजनाहरु अगाडी बढाएको छुँ । ती सबै योजनाहरुलाई पुरा गर्ने मेरो प्रतिवद्धता रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्