निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न



 

निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको छ । सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरूद्वारा निर्वाचन सम्बन्धी सुरक्षा गोष्ठी सम्पन्न भएको हो । यहीँ मङ्सिर चार गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचन र प्रदेशसभा निर्वाचनको सम्बन्धी बझाङ जिल्लाको वित्थडचिर गाउँपालिका वडा नम्बर ८ स्थित बाग थालामा गोष्ठी सम्पन्न भएको वीर भद्र जङ्ग गुल्म बझाङले बत्ताएको छ । निर्वाचन २०७९ लाई निष्पक्ष स्वतन्त्र पारदर्शी र भए रहित वातावरणमा सम्पन्न बनाउन वीर भद्र जङ्ग गुल्म बझाङ र बाग थाला स्थित गुल्म र देविदल गणकाे संयुक्त फौजद्वारा स्थापना गरिएको सुरक्षा वेशमा सुदूरपश्चिम प्रदेश कमान्ड पोस्टका प्रतिनिधिहरू उपस्थिति हुनुभएको तियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बाबुराम अर्याल सहित जिल्लाका सबै सुरक्षा प्रमुख तथा प्रतिनिधिहरू उपस्थिति रहनुभएको स्रोतको भनाइ छ । जिल्लाको बाग थालामा बसेको सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालय प्रमुख सचिव नारायण प्रसाद दवाडी शर्मा,सुदूरपश्चिम पृतना हे. क्वाटरका पृतनापति उपरथी विजय थापा प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक मोहन आचार्य सशस्त्र प्रहरी बल नेपालका प्रहरी वरिष्ठ उपरीक्षक विश्व कुमार भट्टराई सहितको टोली उपस्थित रहेर गोष्ठी सम्पन्न भएको तियो । वित्थडचिरकाे वडा नम्बर ८ मा सम्पन्न भएको सुरक्षा सम्बन्धी गोष्ठीमा जिल्ला सुरक्षा समितिका संयोजक रहनु भएका प्रमुख एवम् प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको नेतृत्वमा रहेको सुरक्षा निकायहरू सँग अन्तरक्रिया कार्यक्रम सहित निर्वाचनमा सुरक्षाको भूमिका सम्बन्धी कार्यक्रम गर्नुको साथै निर्वाचनमा सुरक्षासम्बन्धी कुनै पनि समस्या नहुन दिन निर्देशन दिनुभएको हो । निर्वाचन लाई नियाल्दै जिल्लामा सुरक्षा कडा पारिएको पाइन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्