भरतपुर क्यान्सर अस्पतालका कानुन अधिकृत माथि आलो लगाउने प्रयास



सैघाली खबर
काठमाण्डौ , ३ चैत । भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कानुन अधिकृत गोकर्ण सापकोटामाथि डिजेल छर्केर आगो लगाउने प्रयास भएको छ ।

शनिबार बिहान नौ बजेतिर भरतपुर माछामुच्छ्रे चोकमा मोटरसाइकल चढेर आएका व्यक्तिहरुले आफुलाई रोकेर डिजेल छर्केको र आगो लगाउन खोज्दा भागेर जोगिएको सापकोटाले बताए । ‘यहाँ वरपर अरु पनि हुनुहुन्थ्यो । उहाँहरुले पनि के गरेको किन हो भन्नुभयो । म पनि दौडे नभए डिजेल छर्किसकेका थिए । आगो लगाउँथे,’ कानुन अधिकृत सापकोटाले भने ।

घटना स्थल वरपर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको पर्चा पनि भेटिएको स्थानीयले बताएका छन् । घटनाको कसले र किन गरेका भन्ने कारण नखुलेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एसपी दीपक थापाले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्